• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

इन्डियन पिमियर लिग आजदेखि, चेन्नाई र कोलकाताबीच पहिलाे खेल



इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२

भारतको बहुचर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि शुरु हुँदैछ । सन् २०२२ को यस टी२० खेलमा विश्वका चर्चित खेलाडीको खेल कौशल हेर्न पाइने छ ।

पहिलो खेल गत वर्ष सन् २०२१ को विजेता चेन्नाइ सुपर किंग्स र कोलकाताबीच मुम्बईको वान्खडे रंगशालामा नेपाली समय अनुसार शनिबार साँझ ७.४५ बजे शुरु हुनेछ । यी दुबै टिमबीच गत वर्ष फाइनल भिडन्त भएको थियो ।

प्रतियोगितामा १० वटा टिमबीच प्रतिस्पर्धा हुनेछ । यस वर्ष लखनऊ सुपर जाइन्ट्स र गुजरात टाइटन्स नयाँ टिमका रुपमा खेलमा समावेश गरिएका छन् ।

यस वर्षका टिमहरु
१. मुम्बई इन्डियन्स
२. रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी)
३. लखनऊ सुपर जाइन्ट्स
४. सनराइजर्स हैदराबाद ( एसआरएच )
५. राजस्थान रोयल्स
६. दिल्ली क्यापिटल्स
७. चेन्नाई सुपर किंग्स
८. पंजाब किंग्स
९. कोलकाता नाइट राइडर्स
१०. गुजरात टाइटन्स

चेन्नाई सुपर किंग्सबाट यस पटक महेन्द्र सिंह धोनीले कप्तानी छाडेका छन् । उनको साटो टिमको कप्तानी रबिन्द्र जडेजाले गर्दैछन् तर धोनीले विकेट किपर, व्याट्सम्यानको भूमिका निर्वाह गर्नेछन् ।

गत वर्ष निकै प्रभावशाली खेल प्रस्तुत गरेको दिल्ली क्यापिटल्सको कप्तानी रिसभ पन्तले पाएका छन् । डेभिड वार्नर समेतका खेलाडी रहेकाले यस वर्ष पनि दिल्लीको खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।

नवप्रवेशी गुजरात टाइटन्सको कप्तान हार्दिक पान्ड्याले गरेका छन् । यस टिममा वरुन आरोन, लकी फर्गुसन, डेभिड मिलर, मोहम्मद सामी, शुभमन गिल, म्याथ्यु वेड जस्ता प्रतिभाशाली खेलाडी छन् ।

अर्को नवप्रवेशी लखनउमा के एल राहुलले कप्तानी गरेका छन् । यस टिममा क्वीन्टन डि कक, दीपक हूडा, क्रुनाल पान्ड्या, रबी बिस्नोई, मार्क उड जस्ता खेलाडी छन् ।