२४ भाद्र २०८३, बुधबार
,
Latest
बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डियन पिमियर लिग आजदेखि, चेन्नाई र कोलकाताबीच पहिलाे खेल



इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२
अ+ अ-

भारतको बहुचर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि शुरु हुँदैछ । सन् २०२२ को यस टी२० खेलमा विश्वका चर्चित खेलाडीको खेल कौशल हेर्न पाइने छ ।

पहिलो खेल गत वर्ष सन् २०२१ को विजेता चेन्नाइ सुपर किंग्स र कोलकाताबीच मुम्बईको वान्खडे रंगशालामा नेपाली समय अनुसार शनिबार साँझ ७.४५ बजे शुरु हुनेछ । यी दुबै टिमबीच गत वर्ष फाइनल भिडन्त भएको थियो ।

प्रतियोगितामा १० वटा टिमबीच प्रतिस्पर्धा हुनेछ । यस वर्ष लखनऊ सुपर जाइन्ट्स र गुजरात टाइटन्स नयाँ टिमका रुपमा खेलमा समावेश गरिएका छन् ।

यस वर्षका टिमहरु
१. मुम्बई इन्डियन्स
२. रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी)
३. लखनऊ सुपर जाइन्ट्स
४. सनराइजर्स हैदराबाद ( एसआरएच )
५. राजस्थान रोयल्स
६. दिल्ली क्यापिटल्स
७. चेन्नाई सुपर किंग्स
८. पंजाब किंग्स
९. कोलकाता नाइट राइडर्स
१०. गुजरात टाइटन्स

चेन्नाई सुपर किंग्सबाट यस पटक महेन्द्र सिंह धोनीले कप्तानी छाडेका छन् । उनको साटो टिमको कप्तानी रबिन्द्र जडेजाले गर्दैछन् तर धोनीले विकेट किपर, व्याट्सम्यानको भूमिका निर्वाह गर्नेछन् ।

गत वर्ष निकै प्रभावशाली खेल प्रस्तुत गरेको दिल्ली क्यापिटल्सको कप्तानी रिसभ पन्तले पाएका छन् । डेभिड वार्नर समेतका खेलाडी रहेकाले यस वर्ष पनि दिल्लीको खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।

नवप्रवेशी गुजरात टाइटन्सको कप्तान हार्दिक पान्ड्याले गरेका छन् । यस टिममा वरुन आरोन, लकी फर्गुसन, डेभिड मिलर, मोहम्मद सामी, शुभमन गिल, म्याथ्यु वेड जस्ता प्रतिभाशाली खेलाडी छन् ।

अर्को नवप्रवेशी लखनउमा के एल राहुलले कप्तानी गरेका छन् । यस टिममा क्वीन्टन डि कक, दीपक हूडा, क्रुनाल पान्ड्या, रबी बिस्नोई, मार्क उड जस्ता खेलाडी छन् ।