• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   मन्त्रिपरिषद्को बैठक बस्दै ★   चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक ★   एनसेल प्रकरण: `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी : महामन्त्री शर्मा ★   म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायो ★   एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी ★   प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा ! ★   एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने ★   एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन ★   नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ ★   चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी

मिथिला माध्यमिकी परिक्रमा सुरु (फोटाफिचर सहित)



जनकपुर । मिथिलाको महाकुम्भको रुपमा परिचित रहेको मिथिला माध्यमिकी परिक्रमा आज देखि सुरु भएको छ । 

बिहीबार बिहान जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोला सहित परिक्रमाको सुरुवात गरिएको छ । १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा हजारौँको संख्यामा भक्तजनहरु जम्मा भइसकेका छन् ।

मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह सहित तीनटा परिक्रमा हुनेगर्छ । मध्यमा र अन्तगृहमा लाखौको सहभागिता हुने गरेको स्थानीयवासीहरु बताउँछन । नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर सहित कुल १ सय ३० किलोमिटरको परिक्रमाको प्रारम्भ कलाणेश्वरबाट हुन्छ ।

फागुन प्रतिपदाका दिन भक्तजनहरु कलाणेश्वर पुग्छन् । एक रात पहिले नै अमावस्याका दिन जनकपुरको हनुमान नगरमा मिथिला बिहारीको डोलासँगै राति विश्राम गर्ने परम्परा छ ।

हनुमान नगरबाट कलाणेश्वर १३ किलोमिटर उत्तर पुर्वी क्षेत्रमा पर्छ । कलाणेश्वरबाट गिरिजास्थान डोला पुग्छ । १२ किलोमिटर दुरीमा रहेको सो स्थानमा त्रेतायुगमा भगवान राम र जानकीको पहिलो भेट भएको मानिन्छ ।

दोस्रो बास महोत्तरीको मटिहानीमा हुन्छ । तेस्रो दिन जलेश्वर, चौथौँ दिन मड़ै, पाँचौ दिन ध्रुवकुण्ड, छठौँ दिन कञ्चनवन, सातौँ दिन क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै पर्वता, आठौँ दिन धनुषाधाम, नवौँ दिन सतोषर, दशौँ दिन औरही, एघारौँ दिन करुणा, बाह्रौँ दिन बिसौल हुँदै कलाणेश्वरमा पुगेर परिक्रमाको पुर्णाहुति हुन्छ ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्रीहरु पूर्णिमा तिथिमा मिथिला बिहारी र किशोरीजी भगवानको डोलासहित जनकपुर आएपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरु अन्तरगृहमा सहभागी हुने गर्छन । परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा उल्लेख गरिएको छैन । भगवान गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवलाई गरिएको परिक्रमालाई उत्सवको रुपमा लिने गरिन्छ ।