१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

‘नेपालका लागि नेपाली’ पार्टीले स्थानीय तहको निर्वाचनमा सार्वजनिक आह्वानबाट उम्मेदवार लिने

‘नेपालका लागि नेपाली’ पार्टीले स्थानीय तहको निर्वाचनमा सार्वजनिक आह्वानबाट उम्मेदवार लिने
अ अ+ अ-

काठमाडौं, ११ चैत्र । नेपालका लागि नेपालीको पार्टीले आगामी स्थानीय चुनावमा उम्मेदवार सार्वजनिक आह्वानबाट लिने बताएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पार्टीले चुनावमा सहभागिता जनाउने बताउँदै पार्टी बाहिरका सक्षम र योग्य व्यक्तिलाई पनि उम्मेदवार बनाउने जानकारी दिएको हो ।

पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानेले आफ्नो पार्टीले नेपाली राजनीतिमा विश्वको बहुदलिय व्यवस्थामा आधारित भएर नयाँ सिद्धान्त सार्वजनिक गर्न लागेको बताए । उनले पार्टीको उम्मेदवार सार्वजनिक आह्वानबाट लिने स्पष्ट पारे । यसलाई विज्ञापन पनि भन्न सकिने उनको भनाई थियो । हरेक प्रणालीमा छनोट प्रतिस्पर्धाको आधारमा गरेमा योग्य मानिस आउने उनले धारणा राखे । उनले भने,‘नेपाली सेना, प्रहरी, निजामती विज्ञापनबाट लिन सक्छौं, यी सबै प्रतिस्पर्धाबाट लिइने तर देश चलाउने राजनीतिज्ञ प्रतिस्पर्धामा जान सकिदैन् ।’–उनले भने ।

पार्टीबीचमा पैसाको प्रतिस्पर्धा भइरहेको आरोप लगाउँदै उनले ठुला राजनीतिक दलको उम्मेदवार अपराधको आधारमा हुने आरोप लगाए । उनले भने,‘राजनीति भनेको योग्य मानिसले गर्ने चिज हो ।’ अपराध गरेको मानिस एउटा पार्टीले उम्मेदवार बनाउने र पछि तिनै अपराधी शासक भएर देशको शासन गर्ने भएकोले योग्य मानिसले मात्र राजनीतिमा आउनपर्ने धारणा राखे ।

प्रतिस्पर्धाको आधारमा राजनीतिमा आउनपर्ने भन्दै उनले योग्य व्यक्ति राजनीतिमा नआउने हो भने नराम्रो शासकबाट शासित हुन पर्ने उनले बताए ।

पछिल्लो समयमा ठुला दलहरु आफन्तलाई टिकट मिलाउने, पैसाको बार्गेनिङ गरिरहेको समेत जिकिर गरे । उनले भने,‘अबको निर्वाचनबाट काले अपराधीको ठाउँमा गोरे अपराधी आउने छन् फरक त्यत्ति हो । अब जनता सचेत हुनुपर्छ ।’
उनले आफ्नो पार्टीमा कुनै लगानी बिना उम्मेदवार बन्न सकिने उल्लेख गर्दै सिधै कुनै रकम खर्च नगरी पार्टीमा आउन समेत आग्रह गरे ।

योग्य मानिस राजनीतिमा नआएको भन्दै उनले आफ्नो पार्टीले प्रतिस्पर्धाबाट योग्य व्यक्ति छानेर विकास गर्ने योजनाको आधारमा टिकट दिनेसमेत स्पष्ट पारे। ठूला पार्टीसँग महाकालीलगायतका काण्डका पैसा धेरै भएको भन्दै त्यो पैसा जनताले सबै खाएर उडाउनुपर्ने धारणा राखे । उनले एमसीसीको विपक्षमा भएका पार्टीलाईमात्र भोट दिन पनि जनतालाई आग्रह गरे । ठुला पार्टीको घोषणा पत्र जनता ढाट्ने पत्र भएको भएको भन्दै भ्रष्टाचारीलाई पनि भोट नदिन अनुरोध गरे । ठुला नेताहरुलाई भ्रष्टाचारीको संज्ञा दिँदै स्वतन्त्र उम्मेदवारले चुनाव जित्न पर्ने बताए ।

मासु र पैसाको पछाडी नलागी देशको लागि सोचेर जनताले भोट दिनुपर्ने धारणा राखे । उनले भने,‘नेताहरुले दिएका पैसा र मासु चाँही खानुहोस् तर भोट चाही स्वतन्त्र उम्मेदवारलाई दिनुहोस्, योग्य व्यक्तिलाई दिनुहोस् ।’आफ्नो पार्टीले विज्ञापनमार्फत उम्मेदवारी दिने थप स्पष्ट पारे । भ्रष्टाचार, एमसीसी र १२ बुंदै सम्झौतामा सामेल नभएको व्यक्तिलाई पार्टीले योग्य मान्ने पनि बताए ।

यो संसदीय व्यवस्था खसीको टाउको राखेर कुुकुरको मासु विक्रि गर्ने खालको भएको पनि आरोप लगाए । देश छेपाराले रुप फेरे झै रुप फेर्नेहरुको कारण देशको स्थिति बिग्रदै गएको उनको भनाई थियो ।

पार्टीका प्रमुख सचिव सागर खड्काले नेपालको संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी जालजेल गरेर व्याख्यात्मक टिप्पणी भन्दै जनतालाई घात गरेको बताए । जनताप्रति दलले गरेका घातको जवाफ आगामी निर्वाचनमा दिने उनको भनाई थियो । उनले भने,‘अव निर्वाचन आउँदै छ, नेपाली जनताले हिजो गरेको गल्ती सच्चाउने मौका समेत हो ।’ उनले आगामी चुनावमा वैज्ञानिक ढंगले सहभागीता जनाउने पनि स्पष्ट पारे ।

जसले स्थानीयस्तरमा नै गाउँठाउँको विकास गर्न चाहाना राख्ने जोसुकै योग्य मानिसलाई पनि आफ्नो पार्टीले टिकट दिने बताए । उनले भने,‘कुनै दलबाट टिकट नपाएकाहरु हाम्रो पार्टीमा आएर उम्मेदवार बन्नुहोस्। टोल–टोलबाट नराम्रा वेतिथिहरु हटाउन पर्छ ।’ अब नेपाली जनता दुइटा कित्तामा जान पर्ने उनले धारणा राखे । ‘एउटा राष्ट्रघातीको पक्ष र अर्को विपक्षमा । आफै स्पष्ट हुुनुहोस् ।’

उनले भने,‘राष्ट्रघाती सम्झौताको पक्षमा सच्चा कुनै नेपाली छैनन् ।’ आफुलाई राष्ट्रवादी हु भनेर जनतालाई छल गर्दै आएकाहरु दललाई अबको चुनावमा पछार्न पर्ने उनले धारणा राखे । एमसीसीलाई हराउनको लागि आफ्नो पार्टी लागी परेको उल्लेख गर्दै उनले भने,‘कहाँ वेतिथि छ, कहाँ भ्रष्टाचार छ त्यहाँ को बारेमा जानकारी भएका र गाउँको विकास कसरी गर्न सकिन्छ, निशुल्क शिक्षा दिन सक्ने योजना भएका भावना भएका साथीहरु हाम्रो पार्टीमा आउुनहोस् तपाईहरुलाई स्वागत छ ।’ पढेलेखेका युवाहरुले सामाजिक सञ्जालमा नेतालाई गाली गरेर मात्र देश नबने भन्दै उनले सधै आलोचना गर्न जानेकाहरु पनि अब चुप बस्न नहुने धारणा राखे ।

तपाईहरुको अमूल्य मतले गाउँ र देश बन्न सकोस् भन्ने जोश भएका युवाहरुलाई आफ्नो पार्टीमा आउनपर्ने उनले अपिल गरे । उनले भने,‘तपाईहरुलाई साथ दिन्छौ, थोरै–थोरै पैसामा प्रचारप्रसार गरेर आगामी स्थानीय तहको चुनावमा आफ्नो गाउँ बनाउन योजना बनाएर विश्वकै नमुना बनाउन सक्छौं ।’
सचिव कुलदीपक आत्रेयले आफ्नो देशमा कुनै एउटा पार्टीको नाममा गुण्डागर्दी गरेर अन्धोभक्तलाई टिकट दिने तरिकालाई छाडेर नयाँ अभ्यास गर्न लागेको बताए ।

उनले भने,‘पार्टीबाट लखेटिएका, अवसर नपाएका, पिछडीएका तर योग्य व्यक्तिहरु हाम्रो पार्टीमा आएर चुनावमा नेतृत्व लिन तयार हुनुहोस ।’ सचिव आत्रेयले देशलाई एउटा नमुना बनाउनको लागि आफ्नो पार्टीले सहयोग गर्न लागेको समेत जिकिर गरे ।

आत्रेयले सज्जन तथा सक्षम व्यक्तिहरु पार्टीमा आएर चुनावमा नेतृत्व लिनसमेत आग्रह गरे । अब युवाहरुले देश परिवर्तन गर्न हिम्मत राख्नपर्नेमा उनले जोड दिए । पत्रकार सम्मेलनमा डा.सुरेन्द्र भण्डारीले प्रेस विज्ञप्ती वाचन गरेका थिए ।