१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालले नेकपा एकीकृतसँग एकता गर्ने



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जीवन राई नेतृत्वको नेकपा एकीकृतसँग एकता गर्ने भएको छ । 

आज बसेको स्थायी कमिटी बैठकले राई नेतृत्वको नेकपा एकीकृतसँग एकता गर्दै चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको हो ।

नेता जगन्नाथ खतिवडाका अनुसार राईलाई केन्द्रीय सदस्य बनाउने तयारी गरिएको छ । ‘कलम’ राई नेतृत्वको पार्टीको चुनाव चिन्ह हो ।