१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका प्रतिनिधिमण्डल र भाजपाका अध्यक्ष नाड्डाबिच भेटवार्ता



अ+ अ-

काठमाडौं । भारत भ्रमणमा गएका कांग्रेसका प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा)का नेताहरुसँग भेट गरेको छ। 

भाजपाको निमन्त्रणमा भारत गएका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा दिल्ली पुगेका कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासियाले बिहीबार भाजपाका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको हो।

भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा आश्विन जोहर सहभागी थिए।

भेटमा दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा सौहार्द कुराकानी भएको राणाले जानकारी दिए।