२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु



अ+ अ-

काठमाडौं , काठमाडौँ महानगरपािलकाले आजदेखि खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु गरेको छ । कामपाले पशु सेवा विभाग र वाग्मती प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्यमा परीक्षण सुरु गरेको हो ।  

परीक्षणका क्रममा मासु खान योग्य देखियो भने सिङमा हरियो रङ लगाइन्छ । बिरामी भएर खान अयोग्य भेटियो भने सिङमा रातो रङ लगाइन्छ । बिरामी भेटिएका चौपायाको नमूना सङ्कलन गरेर परीक्षण पनि हुनेछ । 

कामापा वरिष्ठ पशु चिकित्सक डा अवधेश झाका कामपाभित्रका दसैँ लक्षित चौपाया बजार कलङ्की, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु बाइपास क्षेत्र हुन् । यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर दुई वटा टोली अष्टमीसम्म नियमित परिचालन हुनेछन् ।

कामपाले रोगी पशुपक्षीको ओसारपसार नगर्न, तोकेको स्थानमा मात्र चौपायाको बिक्री वितरण गर्न, स्वस्थताको चिनो (हरियो रङ) भएका चौपाया मात्र खरिद बिक्री गर्न, मासुलाई चिसोमा राख्न, राम्ररी पकाएर मात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।     

कामपासँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मावि पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरि (थानकोट) दाउरा डिपोका चौपाया बजारमा पनि  परीक्षण हुँदैछ ।