१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुको शपथ शुक्रबार ४ बजे, स्वास्थ्य राज्यमन्त्री हट्ने



अ+ अ-

काठमाडौं । प्रधामन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने भएका छन् । पहिलो चरणमा आफूसहित ५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंग्याएसंगै भोली मन्त्रीपरिषद विस्तार गर्ने भएका हुन् । 

देउवाले पहिलो चरणमा आफ्नै पार्टी कांग्रेस र नेकपा माओवादीबाट २–२ जनालाई मन्त्री बनाएका थिए । महामारीको बेला स्वास्थ्यमन्त्री चयन नगरेको भनेर सर्वत्र आलोचना भएपछि साउन ११ गते स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरे ।

प्रधानमन्त्री देउवाले शपथ खाएको साढे दुई महिना पुग्नै लाग्दा एक मन्त्री थपेका हुन् तर सरकारका १६ मन्त्रालय अझै नेतृत्वविहीन रहनेछन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका थिए । 

बिहिबार बसेको सत्तारुढ दलहरुबिच मन्त्रालय भागवण्डा टुंगो लागेसंगै प्रधानमन्त्री देउवाले शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे शपथ गराउने गरी तयारी गरेको स्रोतले बतायो । गठबन्धनका दलबीच सामन्त्रालय भागबण्डा सम्बन्धी विवाद समाधान भएपछि व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल (जसपा) का शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेका थिए । कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो ।