२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुको शपथ शुक्रबार ४ बजे, स्वास्थ्य राज्यमन्त्री हट्ने



अ+ अ-

काठमाडौं । प्रधामन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने भएका छन् । पहिलो चरणमा आफूसहित ५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंग्याएसंगै भोली मन्त्रीपरिषद विस्तार गर्ने भएका हुन् । 

देउवाले पहिलो चरणमा आफ्नै पार्टी कांग्रेस र नेकपा माओवादीबाट २–२ जनालाई मन्त्री बनाएका थिए । महामारीको बेला स्वास्थ्यमन्त्री चयन नगरेको भनेर सर्वत्र आलोचना भएपछि साउन ११ गते स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरे ।

प्रधानमन्त्री देउवाले शपथ खाएको साढे दुई महिना पुग्नै लाग्दा एक मन्त्री थपेका हुन् तर सरकारका १६ मन्त्रालय अझै नेतृत्वविहीन रहनेछन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका थिए । 

बिहिबार बसेको सत्तारुढ दलहरुबिच मन्त्रालय भागवण्डा टुंगो लागेसंगै प्रधानमन्त्री देउवाले शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे शपथ गराउने गरी तयारी गरेको स्रोतले बतायो । गठबन्धनका दलबीच सामन्त्रालय भागबण्डा सम्बन्धी विवाद समाधान भएपछि व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल (जसपा) का शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेका थिए । कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो ।