काठमाडौं । नेकपा एमालेको कन्द्रीय सदस्य पद त्यागेर भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि एमालेका केन्द्रीय सदस्य सूर्य थापाले टिप्पणी गरेका छन्। केन्द्रीय सदस्य थापाले नेता जोशीले एमालेमा नरहने संकेत एमालेको केन्द्रीय कमिटीको पछिल्लो बैठकमै दिएको उल्लेख गरेका हुन्।
नेता जोशीलगायत केही सदस्यले १० बुँदे कार्यान्वयनमा जोड दिँदा बहानाबाजी मात्रै बनाएको दाबी पनि थापाले गरेका छन्।
‘भानुभक्त जैसी, वल्लो घरको नरे पल्लो घरमा सरे शैलीमा बसाइ सरेछन्’, शुक्रबार बिहान थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केन्द्रीय कमिटीको पछिल्लो बैठकमा उनले छनक दिएका थिए, अब एमालेमा रहँदैनन् ! यीलगायत केही सदस्यहरूले १० बुँदे कार्यान्वयनमा जोड दिँदा प्रयोग गरेको भाषा अचम्मको थियो– बहानाबाजी मात्रै।’
नेता जोशी एमाले त्याग्दै बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन्।