२४ भाद्र २०८३, बुधबार
,
Latest
यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानुभक्त जोशीको भाषा बहानाबाजी मात्रै : सूर्य थापा



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेको कन्द्रीय सदस्य पद त्यागेर भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि एमालेका केन्द्रीय सदस्य सूर्य थापाले टिप्पणी गरेका छन्।  केन्द्रीय सदस्य थापाले नेता जोशीले एमालेमा नरहने संकेत एमालेको केन्द्रीय कमिटीको पछिल्लो बैठकमै दिएको उल्लेख गरेका हुन्। 

नेता जोशीलगायत केही सदस्यले १० बुँदे कार्यान्वयनमा जोड दिँदा बहानाबाजी मात्रै बनाएको दाबी पनि थापाले गरेका छन्। 

‘भानुभक्त जैसी, वल्लो घरको नरे पल्लो घरमा सरे शैलीमा बसाइ सरेछन्’, शुक्रबार बिहान थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केन्द्रीय कमिटीको पछिल्लो बैठकमा उनले छनक दिएका थिए, अब एमालेमा रहँदैनन् ! यीलगायत केही सदस्यहरूले १० बुँदे कार्यान्वयनमा जोड दिँदा प्रयोग गरेको भाषा अचम्मको थियो– बहानाबाजी मात्रै।’

नेता जोशी एमाले त्याग्दै बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन्।