२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार विधेयक प्रदेश सभामा प्रस्ताव पेश



अ+ अ-

विराटनगर । ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ प्रस्ताव आज प्रदेशसभा पेश भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव पेश गर्नुभएको हो ।

उहाँले यो विधेयकले संविधानप्रदत जनताका अधिकारलाई स्थापित गर्न मद्दत गर्ने बताउनुभयो । ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ को समितिको प्रतिवेदन सभामा पेश भयो । प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम अर्थ समितिका सभापति मोहनचन्द्र खड्काले पेश गर्नुभएको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विभिन्न समयमा सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै विगतका सरकारले बजेट निर्माणमा आफ्नो प्राथमिकतामा चुकेको आरोप लगाउनुभयो । उहाँले पहिलो चौमासिक सकिन लागेको समयमा वर्तमान सरकार बनेको स्पष्ट पार्दै सरकार बजेट कार्यान्वयनमा लागिपरेको बताउनुभयो ।

मन्त्री आङ्बोले अनुत्पादक क्षेत्रमा दीर्घकालीन दायित्व सिर्जना गर्ने योजनामा बजेट काटिएको उल्लेख गर्दै विगतका सरकारले मूल योजनाबाहेक टुक्रे योजनामा बढी ध्यान दिएको बताउनुभयो । बहुवर्षीय योजनामा विनियोजित बजेटभित्र रहि खर्च गर्न सम्बन्धित निकायलाई अधिकार दिएको बताउँदै उहाँले चालु आर्थिक वर्षको अन्तिममा प्रदेश सरकारले ९० प्रतिशत बजेट खर्च गरिसक्ने उल्लेख गर्नुभयो ।

विशेष समय

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मोरङको लेटाङमा कर्तव्य पालनको सिलसिलामा आफ्ना ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

उहाँले जनताको बलिदानबाट प्राप्त उलब्धि र संविधानको रक्षा गर्न बनेको गठबन्धन सरकारले जनताका पक्षमा काम गरिरहेको बताउँदै सरकार मितव्ययीय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली कांग्रेस संविधानको रक्षा गर्न सदैव तयार छ भन्दै प्रदेश सरकार सुविधामुखी नभएर सेवामुखी बन्नुपर्ने सुझाव दिनुभयषे ।

नेता कोइरालाले नेपाली कांग्रेस कसैको पनि पछि लुरुलुरु नहिँडेको उल्लेख गर्दै नेपाली जनताले प्राप्त गरेको उलब्धिलाई कुण्ठित गर्न विगतका प्रधानमन्त्रीले दुईपटक संसद् विघटन गरी प्रतिगमन गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “यो कदमलाई सम्मानित सर्वोच्च अदालत र राजनीतिक दलले पनि प्रतिगमन भएको ठहर गरिसकेको छ ।”

उहाँले प्रदेशको नाम सबैले रुचाउने, सबैले पचाउने साझा सहमतिको आधारमा हुनुपर्ने भन्दै प्रदेशको नामकरण चालु हिउँदे अधिवेशनमा नभए बजेट अधिवेशनमा गर्ने सङ्कल्प लिन सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । नेता कोइरालाले सुनसरीको दुहबी र इनरुवा सडक दिनप्रतिदिन जीर्ण बन्दै गएकाले यसको स्त्तरोन्नति गर्न प्रदेश सरकारले आवश्यक पहलकदमी लिनुपर्नेमा जोड दिदैं छुट्टै भाषा र संस्कृति रहेको खवास जातिलाई उत्थान गर्न सरकारको ध्यानकर्षण गराउनुभयो ।

शून्य समय

प्रदेश सभासदस्य विन्दिया कार्की र ज्योति सुब्बाले मोरङको लेटाङमा भएको यौन दुव्र्यवहारका घटना र पछि बनेको परिस्थितिमा कर्तव्य पालनाको क्रममा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँहरुले प्रदेशमा दिनप्रतिदिन बलात्कारका घटना भइरहेकामा चिन्ता व्यक्त गर्दै यस्ता कुकर्म गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय हुनुपर्ने माग गर्नुभयो ।

सदस्य सुनिता चौधरीले उदयपुरको बेलका नगरपालिकाअन्तर्गत सिसवा खोलामा अनधिकृतरूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेकाले यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक यही चैत ११ गते बिहान ११ः३० बस्नेछ ।