२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवानी खापुङद्वारा राज्यमन्त्रीको प्रस्ताव अस्वीकार



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । एकीकृत समाजवादीले राज्यमन्त्री बन्न गरेको प्रस्ताव खापुङले अस्वीकार​ गरेका हुन् । 

उनी निकट एक नेताले भने, ‘भवानी खापुङलाई राज्यमन्त्री बनाउने भनिएको हो । तर उहाँले राज्यमन्त्री नखाने भन्नुभयो ।’ यद्यपि खापुङलाई मनाउने प्रयास जारी रहेपनि खापुङले भने आफूलाई राज्यमन्त्रीको प्रस्ताव पनि नआएको निकटस्थलाई बताएका छन् । 

उनी निकट स्रोतले भन्यो , ‘सञ्चार माध्यममा राज्यमन्त्री बन्ने भनेर मेरो जोडिएको छ । तर मलाई कुनै नेताले राज्यमन्त्रीको प्रस्ताव पनि गर्नुभएको छैन । यदि राज्यमन्त्रीको प्रस्ताव आए स्वीकार्ने कुरा पनि हुँदैन भन्नुभएको छ ।’

उनी काँग्रेसका केन्द्रीय सदस्य सीता गुरुङलाई पराजित गर्दै तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । 

यता एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।