१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले तय गर्यो चार मन्त्रीको नाम, रेणु यादवलाई भौतिक योजना



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने चार सासंदको टुङ्गो लगाएको छ । पार्टीले तय गरेको नाम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनु भएको छ । जसपाले  राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहलाई सरकारमा पठाउने निर्णय गरेको हो । 

जसपाका एक नेताका अनुसार राजेन्द्र श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन, रेणू यादबले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले यादव वन तथा वातावरण र प्रमोद साहलाई कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेबारी दिने तयारी भएको छ ।