१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै



file photo
अ+ अ-

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै हुनुहुन्छ । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लाग्नुभएको हो ।

भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ । विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री आलेसँगै उक्त कार्यक्रममा सहभागी हुन जान लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका डिडिजी हंशराज पाण्डेयले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त कार्यक्रममा विशेष गरी मन्त्री आलेले बढीभन्दा बढी पर्यटक भित्रियाउन तथा भारतसँग सिमान जोडिएका यहाँका विभिन्न विमानस्थलमा हवाई रुट खोल्नेलगायत आवश्यक सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने कार्यक्रम तय भएको छ । रासस