• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

संवैधानिक परिषद्का नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार



काठमाडौं । सर्वोच्च अदालतले केपी ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेका ५२ जना संवैधानिक अंगका पदाधिकारीको नियुक्ति बदर गर्न मागसहित परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले  रिटको सुनुवाई गर्दै निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्बीकार गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरुद्ध परेको रिटमाथिको सुनुवाई शुक्रबारबाट सुरू भएको थियो ।

अदालतले रिटमा कारण देखाउ आदेश जारी गरेको छ । अन्तरिम आदेश जारी नभएपछि संवैधानिक निकायका ५२ पदाधिकारी लाई काम कारबाहीमा कुनै तत्काल कुनै अबरोध नहुने भएको छ ।