१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जित्यो



अ+ अ-

पोखरा । पहिलो संस्करणको राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल पोखराले जितेको छ ।

पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार भएको फाइनलमा संखमुल फुटसललाई ४-२ गोल अन्तरले हराउँदै स्पोर्ट्स क्यासल च्याम्पियन बनेको हो ।

स्पोर्ट्स क्यासललाई उपाधि दिलाउन किशोर गुरुङले ह्याट्रिक गरे भने विजय गुरुङले एक गोल गरे । 

संखमुलका लक्ष्मण थापा मगर र मणि लामाले एक-एक गोल फर्काए । 

उपाधिसँगै स्पोर्ट्स क्यासलले १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको संखमुलले ५ लाख प्राप्त गरेको छ ।