३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा कोरोना सङ्क्रमितको दैनिक सङ्ख्या घट्यो



अ+ अ-

इस्लामाबाद । पाकिस्तानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक हजारभन्दा कम भएको शुक्रबार जनाइएको छ । कोरोनाका  दैनिक सङ्क्रमित एक हजारभन्दा कम भएको तीन महिनाभन्दा बढी समययता यो पहिलो पटक हो । 

यहाँ बिहीबार थप ९१२ जनामा कोरोना सङ्क्रमण देखिएको सरकारी स्रोतले जानकारी दिएको छ । पाकिस्तानमा गत जुलाई ५ मा ८३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । पाकिस्तानमा हालसम्म १२ लाख ५६ हजार २३३ जनालाई कोरोना सङ्क्रण भइसकेको छ । 

कूल सङ्क्रमितमध्ये ११ लाख ८४ हजार ५२७ जना निको भएका छन् ।  हाल यहाँ ४३ हजार ६४८ जना सक्रिय सङ्क्रमित रहेका र तीमध्ये दुई हजार ७६१ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

कोरोना सङ्क्रमणको कारण बिहीबार पाकिस्तानमा २६ जनाको मृत्यु भएको थियो । यसैसँगै यहाँ कोरानाबाट २८ हजार ५८ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । 

पाकिस्तानको दक्षिण प्रान्त सिन्ध कोरोनाबाट अत्यन्त प्रभावित हो । यहाँ अहिलेसम्म चार लाख ६२ हजार १५५ व्यक्ति कोरोना प्रभावित भएका छन् । यसपछि दोस्रो प्रभावित राज्यका रुपमा पञ्जाव प्रान्त रहेको छ । यहाँ चार लाख ३५ हजार चार जनालाई कोरोना सङ्क्रमण भएको छ । (रासस-सिन्ह्वा)