• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा फिस्टुला रोगको निःशुल्क उपचार



चितवन । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रसव फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ । मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ ।

यस रोगको पहिचानसँगै उपचारसम्बन्धी कार्यविधि निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गरेको छ । बिरामीले निःशुल्क उपचार पाउन थालेका छन् भने कार्यविधिमा कुरुवाका लागि निःशुल्क सेवा दिनका लागि मुख्यमन्त्री कार्यालयमा पेस गरिएकोे मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रसूति हुने समयमा लामो व्यथा लाग्नु वा सामान्य सुत्केरी हुन नसक्ने अवस्थामा बल परेर पिसाब थैली वा मलाशयमा दबाब परेर प्वाल पर्ने हुन्छ । समयमा उपचार भएन भने पिसाब वा दिसा निरन्तर आइरहने समस्या हुनेलाई प्रसव फिस्टुला रोग भन्ने गरिन्छ ।

यो रोग भएका बिरामीहरुको दुर्गन्ध आउने भएकाले समाजमा लुकेर बस्ने गर्दछन् । लुकेर बसेका बिरामीहरुलाई ल्याएर शून्यमा झार्ने लक्ष्यका साथ प्रदेश सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको विज्ञ रमेश अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम सुरु हुँदै गर्दा मन्त्रालयले यस रोगका बारेमा जानकारी गराउन आज भरतपुरमा एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।

जिल्लामा रहेका सात पालिकामा स्वास्थ्य शाखाप्रमुखहरु एवं प्रतिनिधिसँग गरिएको अभिमुखीकरण कार्यक्रममा मोडल अस्पतालकी प्रसूति रोग विशेषज्ञ डा रञ्जना श्रेष्ठले रोगका बारेमा जानकारी दिनुभएको थियो । रोग लागिसकेपछि यसको निराकरण कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले यो रोगको समाधान शल्यक्रियाबाट मात्रै हुन सक्ने बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय योजना शाखाका दीपक तिवारी, दुर्गा चापागाईं लगायतले बोल्नुभएको थियो ।