१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न क्षेत्रका विज्ञलाई पार्टी प्रवेश गराउँदै लिङ्देनले भने : नेतृत्व इमान्दार भए राजनीति शुद्ध हुन्छ



अ+ अ-

काठमाडौं । स्थानीय तहको निर्वाचनको माहौलसंगै बिभिन्न पार्टीमा प्रबेशको लहर चलेको छ । यसैक्रममा देश दौडाहमा निस्केका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि चटारो छ विभिन्न जिल्लाका सभामा पुग्नै पर्ने अबस्था । पार्टी प्रवेशका लागि उहाँलाई नै खोज्न थालेपछि लिङ्देन यतिबेला बेफुर्सदी बनेका छन् ।

पार्टी केन्द्रीय कार्यलय ट्रान्जीट पोईन्ट जस्तो भएको छ लिङ्देनलाई । मंगलबार पनि उहाँलाई हतारो थियो यस अघि खासै कुनै राजनीतिकदलमा नदेखिएका प्राज्ञिक व्यक्तिहरु लाई पार्टी प्रबेशका लागि आएपछि लिङ्देन आर्फ छक्क परे ।

कृषि क्षेत्रमा माटो विज्ञको रूपमा लामो समय काम गरेका, पूर्वडिन लमजुङका प्रा.डा केशवराज अधिकारी, बन बिभागमा ३७ वर्ष सेवा गरी निवृत्त भएका चितवनका वन विज्ञ बलराम पौडेल, सिभिल इन्जिनियरबाट सेवा निवृत्त भइ वातावरण संरक्षण क्षेत्रमा काम गरिरहेका तनहुँका ठाकुर पण्डित, महालेखा नियन्त्रण कार्यालयमा बडालेखापालको रूपमा सेवा गरेका, असहायहरुको संरक्षण गरिरहेको संस्था वसन्त फाउन्डेसनका ललितपुरका रवीन्द्र केशरी पौडेल, सुचना प्रविधि विज्ञ आशिष पौडेललगायतका समूह राप्रपामा प्रवेश गर्न पार्टी कार्यलय पुगेका थिए ।

उनिहरुलाई पार्टी प्रबेश गराउदै लिङ्देनले नेतृत्व एकजना मात्रै इमानदार हुने हो राजनीति शुद्ध हुने, राजनीतिमा विश्वसनीयता बढ्ने, भ्रष्टाचार न्युनीकरण हुने अवस्था आउने बताउनु भयो । उहाँले आफूले त्यस प्रकारको संकल्प लिएको र विज्ञहरुको साथ, समर्थनबाट उत्साहित एवं निरन्तर अघि बढ्ने प्रेरणा मिलेको बताए ।

उता पार्टी प्रबेश गरेका बिज्ञहरुले पनि देशले राजनीतिक रुपमा वैकल्पिक शक्तिको खोजी गरिरहेको त्यसका लागि सक्षम, इमानदार नेतृत्वको आवश्यकता रहेका कारण त्यो राप्रपा र अध्यक्ष लिङ्देन मा सम्भाबना रहेको जनाएका थिए ।




भर्खरै