१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा लागेर आन्दोलन गरेको हु, अरु कुरा केही दिनमा भन्छु : उद्योगमन्त्री हमाल



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आफू २०२५ सालदेखि कांग्रेसमा लागेको बताएका छन् । मन्त्री हमालले आफू कसको कोटाबाट मन्त्री बनेको भन्नेबारे भने खुलाएनन् ।

‘म भर्खर मन्त्री बनेर आएको छु, मेरो विगतका क्रियाकलाप हेर्नुपर्छ । २०२५ सालमा नेपाली कांग्रेसमा लागेको हो । २०२७ सालमा बाँकेमा विद्यार्थी संघको उपाध्यक्ष भएको हो, बाँके, दाङ र सल्यानमा आन्दोलन गरेको हो,’ उनले भने । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको नाताबारे पत्रकारले सोधेको प्रश्नमा उनले खुलेर कुनै जवाफ दिएनन् । ‘पारिवारिक नाता त सबैको हुन्छ नि ! म निरन्तर रूपमा कांग्रेसमा लागेको मान्छे हो, २०५२ सालमा सभापति हुँदा बाँकेका ३ वटै क्षेत्र निर्वाचित गराएको हो,’ उनले भने । 

कसको कोटाबाट मन्त्री बनेको, प्रधानन्यायाधीशसँगको सम्बन्ध लगायत विषयमा सोधिएको प्रश्नमा उनले जवाफ दिएनन् । केहीदिनमा पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने भन्दै उनी बाहिरिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । नवनियुक्त मन्त्रीहरूले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएर कार्यभार सम्हालेका छन् ।