१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा महत्वपूर्ण नेताहरु छुटे: प्रधानमन्त्री देउवा



अ+ अ-

 काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरु छुटेको स्विकार गर्नु भएको छ । प्रधानमन्त्री देउवाले संयुक्त सरकार भएकाले सबैलाई समेटन नसकिएको स्पष्ट पार्दै भोलीका दिनमा सबैलाई समेटेर लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टीलाई योगदान दिएका साथीहरु छुटेकोमा दुःख व्यक्त गर्दै उनीहरुलाई उचित भूमिका दिने आश्वासन समेत दिनु भयो ।

प्रधानमन्त्री देउवाले शुक्रबार (हिजो) मन्त्रीपरिषदलाई पूर्णता दिनु भएको थियो । तर महत्वपूर्ण नेताहरुलाई समेटन नसकिएको प्रधानमन्त्री देउवाको भनाई छ । उहाँले भन्नुभयो, ‘भर्खरै सरकार बनेको छ । सरकारमा धेरै र महत्वपूर्ण साथीहरु छुटेका छन । पार्टीलाई योगदान दिएका साथीहरु छुटेका छन । संयुक्त सरकार भएकाले सबैलाई समेटन सकिएन । भोलीका दिनमा सबैलाई समेटेर लैजानेछु ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको सो पुस्तक विपीबारे जान्न खोज्ने सबैलाई उपयोगी हुने विश्वास समेत व्यक्त गर्नु भयो ।