१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई हराउँदै चितवनले जित्यो ईपीएलको उपाधि



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । 

शनिबार टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमामा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले पहिलोपटक उपाधि जितेको हो ।

पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय पारी खेले भने दिलिप नाथले १८ रन जोडे । यस्तै राजेश पुलामीले १४ रन बनाए ।

यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो ।

पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे । 

चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले १५ लाखमा चित्त बुझाएको छ ।