२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रेष्ठलाई हिरोज अवार्ड



अ+ अ-

काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) ले आफ्ना अध्यक्ष घनश्याम श्रेष्ठलाई शनिबार हिरोज अवार्डबाट सम्मान गरेको छ ।

पेप्सीकोलास्थित स्टार बैंक्युटमा आयोजित कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सानुराजा महर्जनले श्रेष्ठलाई अवार्ड स्वरुप ट्रफी प्रदान गरे । क्योकुसिन करातेको विकास र विस्तारमा उल्लेखनिय भूमिका निर्वाह गरे वापत श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो ।

श्रेष्ठ २०४४ सालदेखि क्योकुसिन करातेमा खेलाडीका रुपमा प्रवेश गरेका थिए । राष्ट्रिय खेलाडी श्रेष्ठ प्रशिक्षकको भूमिकामा पनि सक्रिय रहेको ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।