काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । मन्त्री हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए। हमाल गत असोज २२ मा मन्त्री बनेका थिए।
हमाल मन्त्री बनेपछि आलोचना भइरहेको थियो। हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरेका छन्।
हमाल लामो समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशिल थिए। उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका छन्।
हमाल प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका जेठान पनि हुन्।