काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिदाँ खुसी भएका छन् ।
उनले आइतबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री हमालले राजिनामा दिने कुरा सुनेर आफैलाई खुसी लागेको बताएका हुन् ।
‘सम्मानित नेता गजेन्द्र हमाल विवादमा तानिँदा दुःख लागको थियो। पछि उहाँको राजीनामा आएको सुन्दाखुसी लागेको छ। उहाँले यो गर्न आवश्यक थियो। उनले जालझेल गर्ने, ढाँट्ने र छलकपट गर्ने छुट नेपाली कांग्रेसलाई नरहेको पनि बताए। उनले भने, यस्तो काम काम त ओली जीको हो।’
थापाले जुन काम उज्यालोमा गर्न सकिन्न त्यो नेपाली कांग्रेसले नगर्ने बताए। उनले भने, ‘हामीले यो काम गलत हो भनेर आ-आफ्नो ठाउँबाट आवाज उठायौं र नेतृत्वले सुनिदिनुभो, सच्याउनुभो, खुसी लाग्यो।’