२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने



अ+ अ-

हेटौंडा । बागमती प्रदेश सभाको आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । आइतबार बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत अपराह्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भएकी हुन् । 

एमाले विभाजन भएसँगै बागमतीका १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि विश्वासको मत लिन लागेकी हुन् ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिले नै आजको कार्यसूची टुंगो लगाउने बताए ।

बागमती प्रदेश सभाका कूल १०९ सांसदमध्ये एमालेका ४३, कांग्रेसका २२, माओवादीका २३, समाजवादीका १३, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र सांसद एक जना छन् ।

विश्वासको मत पाउन शाक्यलाई ५७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेका दलहरुको बहुमत रहेका कारण शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून छ ।