१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार डाइनेग्नोस्टिक सेन्टरको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न



अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका १० मा सञ्चालित स्टार डाइनेग्नोस्टिक सेन्टरको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अर्जुन ज्ञवालीको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्वत निर्वाचित गरेको हो । सेन्टरको सदस्यमा महेन्द्र के.सी. सुनिता लम्साल, यशोधरा दुरा र मन्जु मौराली रहनु भएको छ ।

पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति (भिसी) प्रा.डा.बिष्णुराज तिवारीले अधिवेशनको उद्घाटन गर्दै सेन्टरले व्यवसायिक भन्दा पनि सेवामूलक कार्यमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई कार्यरत बनाउनु भएका यस क्षेत्रका १९ जना शेयर सदस्य रहनु भएको सेन्टरमा हालसम्म दुई करोड रुपैया लगानी भएको शेयर सदस्य नेत्र ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा डा. लक्ष्मण बास्तोाल, नारायण बराल, कुष्ण बास्तोला,सुरेश थापा, सुदिप गौतम लगायतले सेन्टरले सहकारी लगायत समाजका गरिव एवम् विपन्न परिवारका लागि न्यूनतम शुल्कमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।