११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् बाट खाना बनाउने चुलोको व्यवस्था गरिने : मन्त्री भुसाल



अ+ अ-

काठमाडौं । ऊर्जा, सिँञ्चाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले विद्युत्बाट चल्ने चुलोेको व्यवस्था गर्ने गरी तयारी सुरु गरिएको बताउनुभएको छ ।
 
गोदावरी नगरपालिका–१२ ठेचोमा वेथेगल टोल विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले ग्यासको सट्टा विद्युत्लाई उपयोग गरी खाना बनाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको बताउनुभएको हो ।

 विद्युत् महसुल घटाइ सडक बत्तीको व्यवस्था गरिने उहाँको भनाइ थियो । सांसद राजकाजी महर्जनले ढल, बाटोको विकासमा सांसद विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय सरकार र अन्य स्रोतबाट समेत सहयोग जुटाएर विकास निर्माणका काम गरिने उहाँको भनाइ थियो ।
 
नगर प्रमुख गजेन्द्र महर्जनले वेथेगल टोल क्षेत्रमा सडक र ढल व्यवस्थापनका लागि रु आठ लाख बजेट छुट्याइएको जानकारी दिनुभयो । नगरपालिका क्षेत्रको समुचित विकास निर्माणमा लागिपरेको उहाँले बताउनुभयो । 
  
वडाध्यक्ष जगतबहादुर महर्जन, समितिका अध्यक्ष निर्मला क्षत्रीलगायतले स्थानीयस्तरको विकास निर्माणमा तीनै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।