बुटवल । गठनबन्धनको मुख्य दल नेपाली कांग्रेसले मन्त्रीको टुंगो लगाएपछि आज लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा दिउँसो ३ बजे सपथका लागि तयारी भइरहेको बताइएको छ ।
कांग्रेसबाट रूपन्देहीका बसिउद्धिन खाँ, बाँकेका सुरेन्द्र हमाल र पाल्पाका वीरबहादुर राना मन्त्री बन्ने टुंगो लागेको हो । यस्तै राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठको नाम टुंगो लागेको छ ।
‘खाँले शिक्षा युवा तथा खेलकुद, रानाले वन वातावरण तथा भुसंरक्षण र बाँकेका हमालले उर्जा जलस्रोत तथा सिचाइँमन्त्रीको जिम्मेवारी पाउने बताइएको छ ।











