२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाका विद्रोहीहरू विदेशी लडाकु र भाडाका सिपाही फिर्ता गर्ने सहमति नजिक



अ+ अ-

जियो ब्यारेन्ट्स । लिबियाका विद्रोहीहर विदेशी लडाकुहरू र भाडाका सिपाहीहरू फिर्ता लिने प्रारम्भिक सम्झौतामा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ। यो हिंसाग्रस्त देशलाई एकीकृत गर्ने दिशामा यो सम्झौता एक महत्त्वपूर्ण कदम हुनेछ।

विदेशी सिपाहीहरू र भाडाका लडाकुहरूको विषय लामो समयदेखि विवादित रहँदै आएको छ। विशेषतः डिसेम्बरमा हुने लिबियाको ऐतिहासिक आमचुनाव भन्दा पहिले यो विषयलाई समाधान गर्नुपर्ने तीव्र दबाब छ । 
 
सन् २०११ मा नाटो समर्थित विद्रोहीले लामो समयदेखि शासनमा रहेका तानाशाह मोहम्मद गद्दाफीलाई सत्ताच्यूत गरेपछि लिबिया अराजकतामा फसेको छ। तेलले धनी देश वर्षौंदेखि प्रतिद्वन्द्वी र सरकार बीच विभाजित  छ मूलतः एउटा त्रिपोलीको राजधानीमा र अर्को देशको पूर्वी भागका बीच। । ती दुई पक्ष विभिन्न विदेशी शक्तिहरू र मिलिसिया समूहहरूद्वारा समर्थित छन् ।

संयुक्त राष्ट्रसंघको मध्यस्ततामा प्रतिद्वन्द्वीहरू बीच एक क्रमिक र सन्तुलित किसिमको वार्तामा शुक्रबार हस्ताक्षर भएको हो । तीन दिनको वार्तापछि उक्त सहमति भएको हो । दुवै पक्षबाट पाँच-पाँच सदस्यले सहमतिमा हस्ताक्षर गरेका छन् । यस सहमतिलाई भाडाका सिपाही र विदेशी लडाकु फिर्ताका लागि महत्त्वपूर्ण कदम हुने विश्वास लिइएको छ। लिबियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत जन कुबिसले यो कदमलाई 'अर्को ब्रेकथ्रुग' को रूपमा स्वागत गरेका छन् । (रासस-एपी)