३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा तालिबान शासन सुरु भएपछिको ठूलो हिंसात्मक आक्रमण



अ+ अ-

काबुल । अफगानिस्तानमा गत महिना तालिबानहरुले विद्रोह गरेर शासन सत्ता आफ्ना हातमा लिएपछि दुई दिनअघि सबैभन्दा ठूलो हिंसात्मक हमला भएको छ । काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । 

एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो । उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएको अधिकारीहरूले बताएका छन् ।

बिहीबार सो हमला भएको थियो । त्यसमा परेर अरु १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ । गम्भीर प्रकृतिका घाइतेहरुको मृत्यु हुने क्रम बढेको बताइएको छ ।यहाँको एक मस्जिदमाा गरिएको सो हमलामा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका रहेका पनि पाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

तर यस हमलामा इस्लामिक स्टेट्सको हात हुन सक्ने प्रहरीले जनाएको छ । साथै यहाँका सुन्नी मुसलमान अतिवादीहरूको पनि हात हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा अफगानिस्तानमा रहेको इस्लामिक स्टेटले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ । त्यसैले आक्रमणमा यसैको हात हुन सक्ने अनुमान गरिएको छ । (रासस-सिन्ह्वा)