काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत आयोजक माल्दिभ्सले श्रीलंकालाई पराजित गरेको छ ।
आइतबार साँझ भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई १-० गोलले पराजित गरेको हो ।
माल्दिभ्सलाइए जित दिलाउन एकमात्र निर्णायक गोल खेलको छैटौं मिनेटमा अली अस्फाकले गरे ।
जितसँगै माल्दिभ्सले ३ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।
यता आजै नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उक्त खेल मालेस्थित राष्ट्रिय रंगशालामा ९ः४५ बजे सुरु हुनेछ ।











