९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व डिआईजी खरेल नयाँ दल गठन गर्दे राजनीतिको मैदानमा



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्नुभएको छ । खरेलले आइतबार रत्नपार्कस्थित शान्तिबाटिका मा पत्रकार सम्मेलन गर्दे नेपाल सुशासन अभियानको घोषणा गर्नुभएको हो ।

आफ्ना केही समर्थक सहित पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका खरेलले भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने बताउनु भयो । उहाले भन्नुभयो घुस बिना सरकारी कार्यलयमा काम नै हुदैन , नागरिकले खाई नखाई तिरेको कर पटक्कै सदुपयोग भएन ,कति सहने ?

नेपाल प्रहरीका रहदा काममा कारण सेलिब्रेटी जस्तै बन्नु भएका खरेल   आफु भन्दा जुनियरलाई प्रहरी महानिरिक्ष बनाएपछि असन्तुष्टि जनाउदै राजीनामा दिनु भएको थियो ।