१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

युक्रेन मामिलामा मन्त्री पौडेलको असन्तुष्टी, मन्त्री पद छाड्नुपर्छः प्रसाईं

युक्रेन मामिलामा मन्त्री पौडेलको असन्तुष्टी, मन्त्री पद छाड्नुपर्छः  प्रसाईं
अ अ+ अ-

 

काठमाडौंः देउवा सरकारले औपचारिक रुपमा नै युक्रेनको पक्षमा उभिएको बेला सरकारमै शिक्षा मन्त्री रहेका देवेन्द्र पौडेलले असन्तुष्टी जनाउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) का तर्फबाट मन्त्री बनेका पौडेलले नेपाली रेडियो नेटवर्कलाई शुक्रबार दिएको अन्तर्वार्तामा भन्नुभयो, युक्रेनका पक्षमा भोट दिएर नेपालले अलिक हतार गरेको जस्तो लाग्यो ।

रसियाले एक पक्षीय रुपमा छिमेकी मुलुक युक्रेनमाथि भिषण आक्रमण जारी राखेकै समयमा नेपालले संयुक्त राष्ट्रसंघमा रसियाको विपक्षमा मतदान गरेको छ । नेपालका तर्फबाट राष्ट्रसंघमा स्थायी प्रतिनिधि अमृत राईले दिएको मन्तव्यमा रसियाले युुक्रेनमाथि गरेको बर्बर आक्रमणको निन्दा गर्दै दुबै पक्षलाई संयम अपनाउन र वार्ताका माध्यमबाट जतिसक्दो चाँडो युद्ध अन्त्य गर्न आह्वान गर्नु भएको थियो ।

राईले राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा पनि युक्रेनको पक्षमा मतदान गरेको गर्नु भएको थियो । नेपाल समेत २९ राष्ट्रले युक्रेनमा मानव अधिकार उल्लंघन भएका बारेमा त्यसको निन्दा गर्दै पक्षमा मतदान गरेका थिए । तर यस मतदानमा नेपालका छिमेकी मुलुकहरु चीन र भारत सहित पाँच देशले विपक्षमा मतदान गरेका थिए । 

यसअघि परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति प्रकाशन गरी रसियाले युक्रेनमाथि गरेको आक्रमणले एउटा सार्वभौम मुलुकको स्वतन्त्रता र स्वाधीनता खण्डित गर्न नहुने बताएको थियो ।

राष्ट्रसंघको बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता अमृत राईले युक्रेनको पक्षमा खुलेरै सम्बोधन गरेपछि नेपालभित्रै पनि नेपालको असंलग्न परराष्ट्र नीतिका बारेमा बहस हुन थालेको छ । नेपालले असंलग्नताको सिद्धान्तलाई छाडेको आशय सहितका विचारहरु संचारमाध्यम र सामाजिक संजालमा आइरहेका बेला मन्त्री पौडेलको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।

मानव अधिकारका क्षेत्रमा सक्रिय चरण प्रसाईंले कुनै राष्ट्रमाथिको आक्रमण, नरसंहार, युद्धअपराध र मानवता विरुद्धका अपराधजस्ता अन्तर्राष्ट्रिय अपराध विरुद्ध बोल्न असंलग्न परराष्ट्र नीतिले रोक लगाउन नसक्ने बताउनु हुन्छ । उहाँले यस्ता गैर जिम्मेवार र असंवेदनशील मन्त्री पदमा रहिरहनु शोभनीय नरहेको भन्दै आपत्ति पनि जनाउनु भएको छ ।

नेपालको संसदले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेलगत्तै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेर बहादुर देउवालाई टेलिफोन गरी युक्रेन मामिलामा नेपालले अन्तर्राष्ट्रिय मंचहरुमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।