११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमान र सुजाताले किन छोडे पौडेल गुट ?



अ+ अ-

काठमाडौं ।आइतबारसम्मको अवस्था हेर्दा नेपालमा कोरोना भाइरसको संक्रमण महिना दिनमात्र अघिको हिसाबले ५० प्रतिशतसम्म कम देखिन्छ । त्यसो शेरबहादुर देउवाले नेपालको प्रधानमन्त्रीको सपथ लिने दिन नेपालमा एक किसीमले भन्ने हो भने कोरोना भाइरसको विगबिगी नै थियो । त्यो समयको तुलनामा अहिले सक्रिय संक्रमित पनि दुई तिहाई भन्दा बढीले घटेका छन् । त्यस समय नेपालमा कोरोना विरुद्धको खोप नपाएर जनता प्याप्याकी परेका थिए ।

भारतले त्यसै समयमा खोप रोकिदिएकोले गर्दा पहिलो चरणको खोप लगाएका यहाँका नागरिकले दोस्रो खोप पाउने नपाउने निश्चित थिएन । ओली सरकारले चीनसँग खोप किन्ने योजना बनाएको त बताएको थियो तर त्यही खोप पनि कहिले आउने पत्तो थिएन । फेरि यहाँ चिनियाँ खोपले मात्र नहुने अवस्था किन थियो भने कोभिसिल्ड लगाएको पाँच महिना पुगिसक्दा पनि अर्काे मात्रामो सुनिश्चितता नेपालीलाई थिएन । 

त्यस्तो अवस्थामा देउवा प्रधानमन्त्री बन्नुभयो र उहाँले आफ्नो पहिलो प्राथमिकता नै नागरिकलाई खोप उपलब्ध गराउने राख्नुभयो । प्रधानमन्त्रीको पद बहालीसँगै पत्रकारलाई दिनुभएको छोटो प्रतिक्रियामा उहाँले भन्नुभएको थियो– अरु मलाई थाहा छैन, मेरो प्राथमिकता यही हो कि नागरिकलाई खोप उपलब्ध गराउन मेरो क्रियाशीलता रहने छ । त्यस लगत्तैको मन्त्रिपरिषद बैठकले यही असोज महिनाको मशान्तसम्म कम्तीमा पनि ३३ प्रतिशत खोप उपलब्ध गराउने लक्षित नेपालीमध्ये ३३ प्रतिशतलाई खोप उपलब्ध उपलब्ध गराइने छ । नेपाल सरकारको यो प्राथमिकता पूरा हुनै लागेको छ । यसै हप्ता स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा कम्तीमा पनि ३० प्रतिशत नागरिकले दुवै मात्रा खोप पाएका छन् । यो लक्ष्य यो मशान्तसम्म पूरा हुने सुनिश्चित भएको छ । यता राजधानी उपत्यकाको अवस्था पनि सन्तोषजनक नै छ ।

यहाँका ७५ प्रतिशत नागरिकले खोप पाइसकेका छन् । तर यो जस प्रधानमन्त्रीलाई दिन काँग्रेसका नेता रामचन्द्र पौडेलहरु तयार छैनन् । मात्र उनीहरु कहाँबाट सरकारका कमीकमजोरी देखिन्छन् र मिडियामा आलोचना गरेर बोल्न कसरी पाइन्छ भनेर खोजी गरिरहेका देखिन्छन् । 
उता ओली सरकारले चीनसँग किन्न नसकेको खोप पनि यो सरकारले खरिद गरेर ल्यायो भने यता भारतसँग पनि सम्बन्ध सुधार गरेर एष्ट्राजेनेका खोप ल्याएको छ । अन्य देशहरुसँग पनि सरकारले खोपको प्रक्रिया थालिसकेको छ ।

केही देशबाट आए र अरु केही आउने पाइपलाइनमै छन् । यसरी सरकारले खोप कूटनीतिलाई बडो प्रभावकारी रुपमा अघि बढाएको छ । सरकारले प्रतिस्थापन बजेट ल्यायो र त्यसमा नेपाली नागरिक रोगी, असहायका लागि प्रभावकारी कार्यक्रम ल्याएको छ । विकास निर्माणका कामलाई अझै प्रभावकारी बनाउनेगरी सरकारले सो विधेयकमा निकै लोकप्रीय कार्यक्रम ल्याएको छ । अर्कातर्फ नेपालको कूटनीतिक सम्बन्धलाई उत्तर दक्षिणसँग सन्तुलित रुपमा अघि बढाउने गरी अघि बढेको छ । जस्तो कि प्रधानमन्त्री देउवाले आफ्ना विश्वास पात्र सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा एक प्रतिनिधिमण्डल भारत पनि पठाउनुभयो ।

सो प्रतिनिधिमण्डलले भारतको सत्तारुढ दल भाजपाका अध्यक्षसहित विदेशमन्त्रीसँग भेटवार्ता गरेर स्वदेश फर्किएको छ । यसबाट दक्षिणतर्फको सम्बन्ध सुधारमा प्रभावकारी कदम सरकारले चाल्न खोजेको देखिन्छ । उता चीनले पनि नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै चिनियाँ प्रधानमन्त्री लि खछ्याङले देउवालाई बधाई सन्देश पठाएका छन् । त्यस्तै एमसीसी परियोजनाका प्रतिनिधिले नेपालको भ्रमण गरेका र प्रधानमन्त्रीले यस विषयमा सबै राजनीतिक दलहरुसँग राष्ट्रिय सहमति कायम गरेर पास गर्ने भनी सक्नुभएको छ । यसरी हेर्दा अघिल्लो सरकारले अघि सारेको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिको कोर्स करेक्सन गरेर यो सरकार सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने मार्गमा देखिएको छ ।

तृत्वको सरकार तर ओली सरकारले विगारेको अवस्थालाई सुधार गर्दै अघि बढेको सरकारका प्रधानमन्त्रीलाई आफ्नै पार्टीका नेताहरुको भने ठूलो सहयोग छ । नेपाली काँग्रेसका नेताहरुले वर्तमान सरकारको विपक्षी ओलीले भन्दा पनि बढी विरोध गर्ने गरेका छन् । एकातर्फ आफ्नै पार्टीको सरकारमा पनि नेताहरुले व्यक्तिगत रुपमा भाग खोजेर मन्त्रिपरिषदको विस्तारमा भाँजो हाल्ने र मन्त्रिपरिषद पुनर्गठनमा ढिलाई गराइदिने र अर्कातर्फ आफैले सार्वजनिक समारोहमा भाषण गर्दै लामो समयसम्म पनि मन्त्रिपरिषद पुनर्गठन गर्न नसकेको भन्दै आलोचना गर्ने काम पनि काँग्रेसका नेताहरुबाटै भयो ।

मन्त्रिपरिषदको विस्तार पछि पनि आफ्नै पार्टीका नेता (बाँकेका पूर्व सभापति समेत रहेका) गजेन्द्र हमाललाई मन्त्री बनाउँदा सोमबार मात्र रामचन्द्र पौडेलले सार्वजनिक रुपमा नै प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई कोटा दिए भनेर आलोचना गरे । हमाललाई जो जस्ले जसको कोटाबाट मन्त्री बनाएको भनेर भने पनि उनी नेपाली काँग्रेसके बाँकेका पूर्व सभापति हुन् भन्ने कुरा त पौडेललाई थाहा थियो नि । तर त्यसो हुँदा पनि हो मा हो मिलाउँदै उनले अरु विपक्षीले भन्दा पनि चर्काे स्वरमा प्रधानमन्त्रीको आलोचना गरेका छन् । जुन उनी काँग्रेसको नेता भएर गर्न नमिल्ने कमेन्टमा पर्दछ । पौडेलहरु सोचेका थिए– काँग्रेसको अधिवेशन हुदैन, देउवाले गर्नै चाहँदैनन् । 

तर वास्तविकता भने त्यस्तो थिएन । उनीहरु जे सोचिरहेका थिए त्यसको ठिक उल्टो उता सभापति देउवा भने कानुनी प्रश्न नउठ्ने गरी समयमै महाधिवेशन गर्ने तयारीमा लागे र घोषणा पनि गरे । त्यसपछि झन् ग्रुपिजम भयो पार्टीमा । कहिले कसको घरमा त कहिले कस्को घरमा लञ्च गर्ने र फोटोहरु सार्वजनिक गर्ने होड शुरु भयो । उनीहरु पार्टीभित्र क्रियाशील सदस्यताको भाँजो हाल्न थाले । त्यो पनि सभापति देउवाले सल्टाए । कार्यदल गठन गरे र एकपछि अर्काेगरी सल्टिँदै गयो । त्यसपछि उनीहरुका तर्फबाट पौडेलले सभापति देउवासँगै रिपोर्ट बुझे र सबै विवाद सकिएको बताए । तर अघिल्लो राति त्यो रिपोर्ट बुझेका पौडेल भने भोलिपल्टै पार्टी अफिसमा केही जिल्ला सभापतिहरुले गरेको अनसनको लाइनमा गएर बसे । त्यसपछि भने उनीहरुकै विचमा विवाद सिर्जना भयो । कोइरालाहरुले पौडेललाई प्रश्न उठाए कि अघिल्लो दिन रिपोर्ट बुझेपछि भोलिपल्ट किन अनसन बस्न पुगेको ? यसबाट आफ्नै गुट, पार्टी र समग्रमा विश्वसनीयता गुम्ने खतराको किन ख्याल नगरेको भनेर आफ्नै गुटबाट पौडेललाई प्रश्न पनि उठ्यो ।

यतिबेलाको एउटा अझ रमाइलो प्रसंग त के छ भने कोइराला गुटभित्रै अहिले एक आपसमा दोषारोपण गर्ने काम शुरु भएको छ । त्यो ढिलोचाँडो हुनु नै किन थियो भने यो एक प्रकारको अप्राकृतिक मिलन मात्र थियो । कहिले तीन नेता पुत्र त कहिले तीन कोइरालाका नाममा पालैपालो घरघरमा लञ्च खाने र फोटोहरु सार्वजनिक गर्ने काम उनीहरुले गएको करिब वर्ष दिनदेखि गर्दै आए । तर बिरालाको घाँटीमा घन्टी कसले बाँध्ने भनेजस्तै सभापतिको उम्मेदवार को हुने भन्ने बारेमा भने कसैले मुख खोल्न सकेको छैन । अहिलेसम्म पनि उनीहरुमध्ये एकजना भनेर घोषणा नहुनुमा अविश्वास नै एकमात्र कारक हो । किनभने एकले अर्काेलाई विश्वास गर्ने वातावरण आफ्नै गुटभित्र पनि देखिँदैन । त्यसको एक रिफ्लेक्सन त यसै हप्ता पनि देखियो सुजाता कोइराला र प्रकाशमान सिंहबाट । उनीहरु दुवै जनाले मन्त्रीमण्डल बनेसँगै पौडेलको साथ छाडेको सार्वजनिक रुपमा घोषणा नै गरे । आफू कोइराला गुटमा नरहेको जानकारी प्रकाशमानले मिडियाबाटै गराए । 

एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै सुजाता कोइरालाले त रामचन्द्र पौडेलले नेता हुन नसक्ने ठोकुवा गरेकि थिइन् । उनका अनुसार सशांक कोइराला विपीको छोरा भनेर मात्र महामन्त्री खाएको तर उनमा पनि नेतृत्व गर्न सक्ने क्षमता नरहेको बताएकी थिइन् । आफूले कमसे कम कोइरालाको लिगेसीका लागि मात्र भए पनि आफू, शेखर र सशांकमध्ये एकजनाले पार्टीको नेतृत्व गर्न सकिन्छ कि भन्ने वातावरण बनाएको तर यस्तो गुण आफूले सशांकमा नदेखेकोले त्यो प्रयास छोडेर अहिले आफू सो गुटमै नरहेको पनि स्पष्ट गरेकी थिइन् ।

यतिखेरको उनीहरुको झगडा पार्टीभन्दा पनि पदको हो । सुजाताले मन्त्री बन्न चाहेकी थिइन् भने उता प्रकाशमान भने आफ्नो मान्छेलाई मन्त्री बनाउन चाहन्थे । तर ती मानिस पौडेलले सिफारिश भने गरिदिएनन् । यता देउवासमक्ष पनि बाध्यता नै थियो कि उनले पौडेलको सिफारिशभन्दा अर्काेलाई मन्त्री बनाउन सक्दैनथे । फेरि देउवा आफैसँग पनि गठबन्धनको सहमतिमा तोकिएको भन्दा धेरैलाई मन्त्री बनाउन सक्ने अवस्था पनि थिएन । यो स्पष्ट हुदाहुदै पनि मन्त्रिपरिषद गठन भएको एक घन्टा बित्न नपाउँदै काँग्रेसका यो स्तरका नेताहरुले एकाएक आफूले यो गुट छोडेँ र उ मान्छे यस्तो भन्नेसम्मको अवस्थामा ओर्लिनु भनेको नेताहरुको यो सबै खेल पार्टीका लागि भन्दा पनि पदका लागि रहेछ भन्ने प्रमाणित भएको छ ।

अर्कातर्फ उनीहरुले पार्टी सभापति देउवालाई विगतदेखि नै किन घेराबन्दीमा पारी आएका रहेछन् भन्ने पनि यी वरिष्ठ नेताहरुको यो स्तरको पोल खोलाखोलले स्पष्ट गरिदिनएको छ । अघिल्लो महाधिवेशनमै आफू पार्टीमा गुटको अन्त्यका लागि सभापतिमा उठेको घोषणा गरेका पौडेलले पार्टीभित्रै सानोतिनो गुट नै सञ्चालन गर्ने र पार्टीका पदाधिकारीदेखि सरकारसम्ममा ४० प्रतिशतको हिस्सा खोज्ने प्रवृत्ति पनि पौडेलभित्रका कोइरालाहरुलाई मन नपरेकाले कुरा पहिले पनि आएकै थियो । पार्टीका एकजना केन्द्रीय नेता भन्छन्– अहिले त्यही प्रवृत्ति र असन्तुष्टि बाहिर छताछुल्ला भएको मात्र हो, अरु केही होइन ।