१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीको महान पर्व विजया दशमी, किन गरिन्छ शक्तिको आराधना



अ+ अ-

नेपाली  मात्रको महान पर्व विजया दशमी अर्थात् दशैं अहिले हामी धुमधामका साथ मनाइरहेका छौँ । यो पर्व हाम्रो धार्मिक सांस्कृतिक तथा सामाजिक परम्परालाइ जीवन्तता दिँदै मनाइन्छ । विभिन्न प्रकारका पक्षहरु भए पनि यसको मूल धार्मिक पक्ष हो र यसलाई शक्ति आराधनाको पर्वको रूपमा मनाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमा सम्मको यस पर्वमा पन्ध्र दिन हुन्छ र यसलाई दुर्गा पक्ष पनि भनिन्छ । यस पर्वमा भगवती दुर्गाको पूजाआराधना गरिन्छ ।

प्रतिपदाका दिन विधिवत् घटस्थापना गरि पूर्णघटामा देवी आवाहन गरी देवी पूजन गरिन्छ र नौ दिनसम्म निरन्तर भगवती को विभिन्न स्वरूपहरुको पूजा आराधना गरिन्छ  ।नौ दिनसम्म देवीको विभिन्न स्वरूपहरुको पूजा आराधना गरिनाले यसलाई नवरात्र अथवा नौरथा पनि भनिन्छ।

दार्शनिक पक्ष

देवी भगवती संसारको मूल शक्ति हुनुहुन्छ र सारा जगतको सृष्टी स्थिति र संहार कार्य संचालन गर्न ईश्वरको साथमा संयुक्त रुपमा रहेर गर्नु हुन्छ । शिव अर्थात् ईश्वर र शक्ति अर्थात् भगवतीले पंच तत्वहरूको  सृष्टि गरी पृथ्वी आदि लोक निर्माण गर्नु हुन्छ र त्यसमा देवता देखि लिएर मानव पशु पक्षी कीरा फट्याङ्ग्रा माछा आदि संपूर्ण जीव समुदायको सृजना गर्नु हुन्छ ।

हामी मानव लगायत सबैले शक्ति प्राप्त गर्न उहि मूल शक्ति  भगवतीको  पूजाआराधना गरिने चलन प्राचीन कालदेखि हालसम्म निरन्तर चलिरहेको छ र हामी नेपालीले विजया दशमीमा नवदुर्गा भगवतीको उल्लास पूर्वक पूजा आराधना गरी मनाएर यसलाई निरन्तरता दिइ रहेका छौँ । विजया दशमीको विभिन्न दिनहरुमा देवीका विभिन्न स्वरूपहरुको पूजा गरिन्छ ।

धार्मिक सामाजिक पक्ष

पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा विभिन्न देवी मन्दिरका साथै घरको पूजा कोठामा लिपपोत सर सफाइ गरी विधिवत् पूजा गरी  घटस्थापना गरिन्छ । घटस्थापना गरिएको घडामाथि थालिमा विधिवत् नवदुर्गा भगवतीको आवाहन गरी पूजा गरिन्छ । प्रथम दिन भगवतीको शैलपुत्रीका नाममा पूजा गरिन्छ । यसै दिन पवित्र नदीबाट बालुवा ल्याई  विधि पूर्वक जौ छरेर जमरा राखिन्छ ।यसै दिनदेखि पूजाकोठामा पूजा आजाका साथै सप्तशती चण्डी पाठ गर्नुका साथै विभिन्न भगवती स्तोत्रहरुको पनि पाठ गरिन्छ ।

नवरात्र अर्थात् नौरथाको दोस्रो दिन नवदुर्गा भगवतीको

ब्रम्हचारिणी स्वरूपको पूजाआजा गरिन्छ । त्यसैगरी तेस्रो दिन भगवती चन्द्र घण्टाको रूपमा , चौथो दिन  कुष्माण्डा भगवती को रुपमा , पाँचौँ दिन भगवती स्कन्दमाताका रुपमा  , छैठौं दिन भगवती कात्यायनीको रुपमा  , सातौं दिन भगवती काल को रुपमा पूजा आराधना गरिन्छ ।

सातौं दिनमा नवदुर्गा भगवतीको प्रतीकका रूपमा फूल पाती भित्र्याउने चलन रहेको छ । फूल पाती भित्र्याउने चलन पनि  नेपालीको घर घरमा रहेको छ र राज्य स्तरमा पनि गोरखा बाट ल्याएको फूल पाती काठमाडौँको जमलमा ल्याएर विधिवत् पूजा आराधना गरी हनुमान ढोकामा रहेको  दशैँ घर घरमा भित्र्याउने चलन रहेको छ । यसै दिन काठमाडौंको टुँडिखेलमा फूलपातीलाइ बडाँइ गरी  राज्य स्तरमा सम्मान गर्ने प्रचलन रहेको छ । फूल पातीमा केरा दारिम धान हलेदो मानवृक्ष उखु बेल अशोक र जयन्ती का बोट तथा पात समावेश गरिएको हुन्छ र यसलाई नवपत्रिका पनि भनिन्छ ।

आठौँ दिनमा भगवतीको  महागौरी स्वरूपको पूजाआजा गरिन्छ । यस दिनलाई महाअष्टमी भनिन्छ । भगवतीको मन्दिर लगायत शक्ति पीठहरुमा बलि पनि दिने गरिन्छ र यस दिन भगवतीको विशेष पूजा आराधना चण्डी पाठ गर्ने गरिन्छ । यसदिनको रात्रीलाइ कालरात्री पनि भनिन्छ । कालरात्रीमा भगवतीको तान्त्रिक विधिबाट विशेष  पूजा आराधना गर्ने गरिन्छ ।

त्यसैगरी  दशैंको नवौँ दिनलाइ महानवमी  भनिन्छ ।यस दिन भगवतीको सिद्धि दात्री स्वरूपको पूजाआजा गरिन्छ । महानवमी पनि  भगवतीको पूजा आराधनाका लागि विशेष दिनका रूपमा लिइन्छ र विशेष तान्त्रिक पूजा गर्नुका साथै शक्ति पीठ र देवी मन्दिरका साथै घरमा बलि दिइन्छ ।

दशैं पर्वको दशौं दिन भगवतीको अपराजिता स्वरूपको पूजाआजा गरिन्छ। यसदिन शुरुको घटस्थापनाको दिनदेखि स्थापना गरिएको भगवतीको पूजा आराधना गरी विसर्जन गरिन्छ । त्यसपछि घर घरमा सबै परिवार जम्मा भएर परिवारका मूल ज्येष्ठ सदस्यबाट उल्लास पूर्वक भगवतीको टीका प्रसाद लगाइन्छ । परिवारमा ठूला देखि सानासम्म सबैले भगवतीको  टीका प्रसाद जमरा लगाएर शक्ति प्राप्त गरी जीवन लाइ थप उर्जापूर्ण र दायीत्व बनाउनु नै यस महान को मूल उद्देश्य हो ।  

सामाजिक रुपमा आफ्ना मान्यजन र आफन्तबाट टीका लगाइ आशीर्वाद ग्रहण गरी सामाजिक मेलमिलाप भाइचारा र मित्रतालाइ अक्षुण्ण राख्ने महान कार्यमा पनि महान पर्व विजया दशमीको हाम्रो नेपाली  समाजमा विशेष भूमिका रहँदै आएको छ । नेपाली मात्रको यस महान पर्व विजया दशमीको मंगलमय उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र देश उत्थानका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।जय माता भगवती दुर्गा भवानी ।