१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा घाइतेहरुको सरकारले नि:शुल्क उपचार गर्ने , मृतकका परिवारलाई उचित राहत दिने



अ+ अ-

काठमाडौ । मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनामा घाइते भएकाहरुको सरकारले  निशुल्क उपचार गर्ने भएको छ  । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत  र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने जानकारी गराउनु भएको हो ।

प्रधानमन्त्री देउवाले मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको जनाउदै  दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत  र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने पनि जनाउनु भएको छ । 


प्रधानमन्त्रीले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराउनु भएको छ ।