२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा घाइतेहरुको सरकारले नि:शुल्क उपचार गर्ने , मृतकका परिवारलाई उचित राहत दिने



अ+ अ-

काठमाडौ । मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनामा घाइते भएकाहरुको सरकारले  निशुल्क उपचार गर्ने भएको छ  । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत  र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने जानकारी गराउनु भएको हो ।

प्रधानमन्त्री देउवाले मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको जनाउदै  दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत  र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने पनि जनाउनु भएको छ । 


प्रधानमन्त्रीले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराउनु भएको छ ।