काठमाडौ । मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनामा घाइते भएकाहरुको सरकारले निशुल्क उपचार गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने जानकारी गराउनु भएको हो ।
प्रधानमन्त्री देउवाले मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको जनाउदै दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने पनि जनाउनु भएको छ ।
प्रधानमन्त्रीले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराउनु भएको छ ।