२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसीपः इतिहास रच्ने दाउसँगै नेपालले फाइनलमा भारतसँग भिड्ने



अ+ अ-

काठमाडौं । माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसीपको उपाधिका लागि नेपालले फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको छ । 

लिग चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्सविरुद्ध ३–१ को रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको भारतले उपाधिका लागि नेपालसँग प्रतिष्पर्धा गर्ने भएको हो ।

यसअघि नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै अन्तिम दुईमा स्थान बनाएको थियो । ८ औँ मिनेटको अग्रतालाई ८८ औँ मिनेटमा पेनाल्टीबाट बराबरी गर्दा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाउने मौका पाएको हो । 

मालेस्थित राष्ट्रिय रंगशालामा दुबै टोली सुखद नतिजाका लागि प्रतिष्पर्धा गरेका थिए । गर वा मरको अवस्थामा रहेका दुबै टोलीले आक्रामक खेल देखाउँदै फाइनल यात्रा तय गर्न चाहन्थे । सोही क्रममा सुरुवाती दुई खेलमा बराबरी खेल्दै दबावमा परेको भारतले माल्दिभ्सलाई सजिलै हराएर बंगलादेशसँग बराबरी खेलेको नेपाल सँगको भेट पक्का गरेको हो ।

भारतको जितमा नेपाली मूलका खेलाडी भारतीय कप्तान सुनिल क्षेत्रीले दुई गोल गर्दा मानबिर सिंहको नाममा एक गोल रह्यो । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काएका थिए । रोमाञ्चक बनेको खेलको ३३ औँ मिनेटमा मानबिरले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा माल्दिभ्सका कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन रोमाञ्चक बनेको दोस्रो हाफमा भारतले दबाव दिएर खेल्यो । कप्तान सुनिल चम्किए ।

खेलको ६२ औँ मिनेटमा सुनिलले टोलीका लागि दोस्रो गोल थप्दा ७१ औँ मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–१ को जित दिलाए । माल्दिभ्सविरुद्धको दुई गोलसँगै सुनिलले भारतका लागि ७९ औँ गोल पनि पूरा गरेका छन् ।

अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ ।

फाइनल खेल आइतवार नेपाली समय अनुसार ८ः४५ बजे हुनेछ ।

भारत समूह विजेताको रुपमा फाइनल पुग्दा नेपाल भने उपविजेताको रुपमा अन्तिम दुईमा प्रवेश गरेको छ ।

१३ औँ संस्करणको साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो भने सर्वाधिक सफल टोली भारतले ८ औँ उपाधिका लागि प्रतिष्पर्धा गर्न लागेको छ । 




भर्खरै