काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले हिन्दुहरुको महान चाड बडा दशैंको शुभकामना व्यक्त गर्नुभएको छ ।
राजदूत र्यान्डी बेरीले सामाजिक सञ्जाल ट्विटर मार्फत शुभकामना सन्देश भिडियो सार्वजनिक गर्दै सम्पुर्ण नेपालीहरुमा बडा दशैंको शुभकामना व्यक्त गर्नुभएको हो ।
शुभकामना सन्देश भिडियो सार्वजनिक गर्दै उहाँले 'विजया दशमीको यो सुखद् अवसर मनाइरहनुभएका तपाईंहरू सवैमा सुस्वास्थ्य, दीर्घायु, तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना' भनेर लेख्नुभएको छ ।











