३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनमा राजनीतिक समाधान खोज्न राष्ट्रसंघीय विशेष दूतको सुझाव



अ+ अ-

सयुक्त राष्ट्रसंघ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रन्बर्गले बिहीबार यमनको आन्तरिक राजनीतिक विवादको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन् । यहाँको संटकको समाधान राजनीतिक रुपमा खोजिनुपर्ने उनले बताएका हुन् । यसका लागि यहाँका राजनीतिक शक्तिहरुका बीचमा एक किसीमको बृहत राजनीतिक सहमतिका आधारमा यस्तो समाधान निकाल्नुपर्नेमा उनले जोड दिएका हुन् ।

यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत ग्रन्डबर्गले यसका लागि यहाँका सबै प्रकारका राजनीतिक शक्तिका साथै राजनीतिक दलहरुका बीचमा पनि बृहत राजनीतिक सहमति हुनु जरुरी छ भनेका हुन् । यसरी निकालिएको राजनीतिक समाधानले मात्र यहाँको समस्याको दिगो समाधान हुने र यहाँको आर्थिक, सांस्कृतिक पुनस्र्थापनाका लागि सहयोग पुग्नेछ– उनले भनेका छन् । 

यमनमा विगतका केही वर्षहरुदेखि राजनीतिक हिंसा जारी रहेको छ । यसबाट कैयौँ नागरिकको ज्यान पनि गएको छ । यहाँको हिंसा अन्त्यका लागि शान्तिपूर्ण वार्ताको माध्यमबाट अघि बढ्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।