१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंअघि



अ+ अ-

त्यो सरकारी कर्मचारीको शालीन अनुहार मौन थियो । अहिले ऊ हवाई स्थलमार्ग हुँदै अघि बढिरहेको थियो । उसले हातमा एउटा सानो हाते ब्याग झुण्ड्याएको थियो ।

अलिपर हवाईमार्गमा एउटा विशाल पंछीझैं जहाज हावाको समुद्रमा तैरिनका लागि उसकै प्रतिक्षा गरिरहेको थियो तर त्यो जहाजतिर लम्किरहेको उसको हिंडाइको गतिमा उत्साह मलिन थियो ।
उसले जाँदै गर्दा अर्को जहाजबाट भर्खरै ओर्लिएका एक झुण्ड मान्छेहरूलाई भेट्यो । ती मान्छेहरूको अनुहारमा रौनकता थियो । उनीहरू आफ्नो प्रियजनहरू भेट्ने आतुरतामा एक्लै( एक्लै पनि मुस्कुराइ रहेकाझैँ देखिन्थे । शरद ऋतुको सफा आकाश अनि दशैंको सुन्दर माहोलले केहीदिनअघिदेख धर्तीको मौसम पनि मुस्कुराइ रहेकै थियो । आजदशैं सुरू भएको सातौं दिन थियो ।
ऊ जहाजमा उक्लियो र जहाजभित्र छिर्नु अघि एकपटक वरपरका बस्तीहरूलाई  हेर्यो । बस्तीमा फूलपाती भित्रयाउने तयारी हुँदै थियो ।

जहाजको सिटमा बसेपछि उसले सिटबेल्ट बाँध्दै गर्दा महसुस गर्यो त्यो कम्मरपेटी थिएन । त्यो उसका परिवारहरूको पंक्तिबद्ध अनुहार थियो । ती अनुहारहरू एक तमास मुस्कुराइरहेका थिए तर उसले भने आँखा चिम्लियो र भित्रैदेखिको लामो श्वास निकाल्यो । त्यो बाफिलो श्वास जहाजको आँखीझ्यालको शिशामा गएर टाँसियो र जम्यो । एकाएक त्यो बाफले कुनै आकृति बनाइरहेको थियो । उसले त्यो आकृतिलाई एकतमाससँग हेर्यो र फिस्स हाँस्यो । त्यो धूमिल आकृतिमा प्रौढारम्भ पिउँदै गरेको आफ्नै अनुहार पो देखियो । उसले त्यो अनुहारलाई निकै प्रेम र करूणाले हेर्यो । वर्षौं देखिको जागिरे थकाइले लस्त भएको ऊ आउँदै गरेको अवकाशको दिनको मिठो प्रतिक्षामा थियो । अवकाशपछिको स्वतन्त्र जीवनको कल्पनाले मात्र पनि ऊ निकै पुलकित बन्थ्यो ।

शहर नजिकैको गाउँमा उसको पुख्र्यौली घर थियो । अवकाशपछि घर फर्कने, बाबु आमासित बस्ने, धीत मारेर इष्टमित्रकोमा जाने आउने, फुर्सदिलो हुने, धर्मकर्म गर्ने र सामाजिक कार्यमा सामेल हुने यस्तै कयौं योजनाहरू उसको मनमनै खात लागेर बसेको थियो ।

उसले केही महिनाअघि मात्र त्यो उच्च ओहोदाको जागिरे जीवनबाट अवकाश लियो । कल्पना गरे जस्तै आफ्नो दिन चर्यालाई पृथक स्वादले जिउन थाल्यो । साँच्चै एक दुई महिना त उसलाई रमाइलोपनले निकै साथ दियो तर सबै रमाइला अनुभवहरू दीर्घजीवी हुन सक्दैन । क्रमशः उसले त्यो सत्य बोध गर्न बाध्य हुन थाल्यो ।

जागिरे शैलीमा उसलाई बिहानै खाना, अफिस पुगेर बेला( बेलामा चिया अनिनिश्चित समयमा खाजा, साँझ घर फर्केर पनि आफ्नो लागि राखिदिएको घरको खाजा त्यो उसको बर्षौंदेखिको पुरानो आदत बनेको थियो तर अब त्यसका लागि उसलाई एकतमास मान र टहल गरिरहने कसले रु उसलाई घरायसी काममा न जाँगर थियो न ढङ्ग ।

बिहानै भान्छामा जाँदा श्रीमती झर्कन थालेकी थिई । होइन कहाँ जान बितेको छ र बिहान बिहानै चटारिएर भान्छा तयार गर्नुपर्ने ? बाबु आमा छेउपुग्दा पनि अर्ती मात्रै आइपुग्थ्यो । उमेरै छ अझै केही गर । उसले सबैबाट खोजेको सामिप्यता अब आलस्यको उपनाममा रूपान्तरित हुँदै गइरहेको थियो ।

फुर्सदिलो ऊ पटक पटक घरको कोठाहरू चाहाथ्र्यो । आफन्तहरूको मा पनि बिनासित्ती गइरहने कुरो भएन । फोनमा अलमलिउँ त कतिबेर रुअलमलिन आफूलाई फुर्सद हुँदैमा अरूलाई फुर्सद हुन्न । 
पत्रिका कति पढिरहनु, समाचार कति हेर्नु । फुर्सदिलो ऊ घर माथि कौसीमा जान्थ्यो र वरपर हेथ्र्यो शहरको वरिपरिको पहाडहरूलाई उसले धेरै चोटी हेर्यो । पछाडि हात लगाएर कौसीमा ओहोर दोहोर गर्दै आकाशमा उडिरहने जहाजहरूलाई कहाँ गयो आयो भनेर हेरिरह्यो । अरू हेर्नु पनि के र रु छिमेकीका घरका भित्ताहरू कति हेर्नु रु ऊ प्रायः घरमा एक्लै पथ्र्यो । श्रीमती माइती, मावली र साथीभाइ भन्दै हिंडिरहन्थी । उसले टोल वरपर न साथीभाइ बनाएको थियो, न तास खेल्नमा रमाउँथ्यो । ऊ श्रीमती बालबच्चा परिवारसँगै झुम्मि रहन चाहन्थ्यो । चाहँदैमा कसलाई पो के पुगेको छ र ?
आफ्नो मानमर्र्यादाको हिसाब राख्ने बानी परेको ऊ न चियापसलमा, न भट्टीपसल तिर गएर बरालिन सक्थ्यो । उसलाई त अब एक तमास नमस्कारहरूको न्यास्रो लाग्यो । पहिले जताततै बिक्ने बोली अब घरभित्र पनि बिक्न छाडेको थियो ।

उसलाई श्रीमतीसँग नजिकिरहँदा श्रीमती झिझिँए जस्तो, छोराछोरीलाई अर्हाई सिकाइ गर्दा गनगन गरेजस्तो र गतिलो खर्च दिन नसक्दा बाबुआमा ठस्के जस्तो लाग्न थाल्यो ।
व्यापार व्यवसायी दाजुभाइका लुकुवा कमाइको सुँइको नपाएका बाबुआमा उनीहरू प्रति सधैंको कठैबरा र विचराको सुस्केरा लगाउँथे । उसको पो जीवनभरको कमाइ छलङ्ग थियो ऊ त्यस्तै भन्ठान्थ्यो तर अतिरिक्त कमाइले खुबै जोहो गर्यो होला भनी सबै ऊ प्रतिशंका गर्थे । त्यही शंकामात्र पनि ऊ प्रतिको असन्तुष्टि बन्न जान्थ्यो ।

भाइबहिनीहरू उसलाई ठूलो मान्छे भन्दै इष्र्याले हो वा असन्तुष्टिले आफ्नो छुट्टै भित्रि घेरा बनाउँथ्यो र खासखुस गरिरहन्थे । खुब फुर्केर पारिवारिक माहोलमा रमाउने सौख भएको त्यो बबुरो प्राणी अब अनौठो जिल्लमा पर्न थालेको थियो ।

एकदिन उसले विदेशी साथी सित फोनमा कुरा गरिरहेको थियो । साथीले तँ जस्तो मान्छे हाम्रो कम्पनीलाई खाँचो छ आइज भन्दै जिस्क्यायो । त्यो कुरा सबैले थाहा पाए अनि सुरू भयो गनगन । तँ जस्तो सक्षम, प्राविधिक सीप भएको अनुभवी मान्छे दुनियाँमा जहाँगए पनि बिक्छस् । सबैले भने जा जा ।

अनि सुरू भयो डलरको हिसाब । उसको एक वर्षभरिको सरकारी जागिरे कमाइ त एकै महिनाको डलरको तलबले जित्ने रहेछ । सुरू भयो घरमा खुसीयाली । तेर्सियो फेरि शर्त(  श्रीमतीले भनी शहरको घरमा तल्ला थप्नुपर्छ, गरगहना जोड्नु पर्छ, छोराछोरीले भने फूल अप्सन भएको हाइलक्स गाडी किन्नुपर्छ । बाबुआमाले भने गाउँमा सबैको भन्दा ठूलो घर बनाउनुपर्छ तर कसैले भनेनन् । तिर्सौ वर्ष जागिर खाइस्अब बाँकी जीवन परिवारको साथमा बिताउनु पर्छ । आउँदै गरेको दशैं सँगै मनाउनुपर्छ ।

अवकाशपछिको आरामको जीवनको कल्पना सुटकेशभित्र खाँदेर ऊ जाँदै गरेको दिन पल्लो कोठाबाट जागिरे उमेर हुँदै गरेको छोराले भनेको सुनियो(  बुवाको यो पाँच वर्षे जागिरको एग्रिमेन्टले पछि झनै राम्रो सिवी बन्छ अनि अझै राम्रो अन्तर्राष्ट्रिय जागिरमा सजिलै बिकिन्छ । अरू स्वरहरू पनि थपिए के त अठ्सठी सत्तरी वर्ष भनेको काम गर्न सकिने नै उमेर त हो नी । के भारी बोक्ने काम हो र रु दिमाखै चलाउने त हो नी ।

उसको त्यो नयाँ जागिरमा पन्ध्र तारिखमा इन्ट्री गरिसक्नु पर्ने शर्त थियो । त्यही पन्ध्र तारिखमा दशैंको टीका थियो । परिवारमा सबैको सल्लाह यस्तो थियो( दशैं भनेको पछि(पछि पनि आउँछ । त्यस्तो राम्रो जागिर फुत्कन दिनहुँदैन ।

चाडपर्व र परिवारभित्र खुबै रमाउने मान्छे ऊ आफ्नो निर्णयमा अडिक हुन सकेन र पारिवारिक ठेलमठेल हुँदै ऊ अहिले त्यो जहाजभित्र पुगिसकेको थियो अनि दशैंको माहोलले रङ्गिएको घर आँगन छाडेर ऊ आकाशे मार्ग हुँदै क्रमशः अब हावाको समुद्रभित्र विलय हुँदै थियो ।