एजेन्सी । लागुपदार्थ केसमा पक्राउ परेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यनलाई बुबा शाहरुखले यो साता हजार पाँच सय भारू नगद पठाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हिरासतमा रहेकालाई उनीहरूको घरबाट उपलब्ध गराउन सक्ने सबभन्दा धेरै रकम सोही रहेको छ ।
यो रकमबाट आर्यनले खाना र अन्य सामानहरू मगाउन सक्नेछन् । आर्यन हाल मुम्बईको अर्थर रोड जेलमा छन् । उनको सुनुवाइ अक्टोबर २० तारिखमा मात्र हुनेछ ।
२३ वर्षीय आर्यनको जमानतका लागि गरिएको अपील चौथोपटक अस्वीकृत भएपछि उनलाई जेलमै पठाइएको थियो । झन्डै दुई साता आर्यनले जेलमा बिताइसकेका छन् ।