१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्ण आधार शिविर उत्कृष्ट गन्तव्य, पदयात्रीको चाप बढ्दै (फोटो फिचर)



अ+ अ-

तस्वीरहरु-सन्तोष रिजाल 

कोरोनाको कारण बन्द रहेको चर्चित पर्यटकीय गन्तव्य अन्नपूर्ण  आधार शिविर असोजको पहिलो साता देखी खुल्ला भएपछि यतिबेला आन्तरिक पर्यटकको रोजाई परेको छ । विश्वकै उत्कृष्ट १० गन्तब्य मध्ये को एक पदमार्ग अन्नपूर्ण  आधार शिविर क्षेत्र मौसमका कारण पनि यो समयमा धुम्नका लागि उपयुक्त समय हो ।  

म्याग्दी र कास्कीको सिमा क्षेत्रमा रहेको  अन्नपूर्ण आधार शिविर विश्वको दशौँ र नेपालको नवौँ अग्लो हिमाल जाने पदयात्रीहरुका कारण यो क्षेत्रमा निकै चहल पलह बढेको छ ।  अन्तपूर्ण हिमालको पहिलो पटक फ्रान्सका मौरिस यर्सोगले सन् १९५० को जुन ३मा आरोहण गरेका थिए ।  जुन बिश्वको सर्बोच्च शिखर सगरमाथा को आरोहण भन्दा तीन बर्ष अघी नै आरोहण भएका कारण यस हिमाललाई जेठो हिमाल पनि भनिन्छ ।

अन्नपूर्ण आधार शिविर  फराकिलो भूगोलमा भएकाले हिमपहिरो र अन्य दुर्घटनाको जोखिम कम  भएका कारण पनि स्वदेशी र बिदेशी पदयात्रीहरुको रोजाईमा पर्ने गरेको छ । पदयात्रा मार्गमा रहेको पञ्च कुण्ड नारच्याङ तालले पनि पदयात्रीलाई लोभ्याउने गरेको छ ।

यसै गरी यो आधार शिविर बाट  निलगिरि नर्थ, निलगिरी मिड, अन्नपूर्ण फ्रेन्क, तिलोचो पिक लगायतका हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ।  समुद्री सतहदेखि चार हजार पाँच सय मिटरको उचाईमा रहेको आधार शिविर रहेको छ ।

आधार शिविर क्षेत्रमा हिउँचितुवा,नाउर, झारल, मृग,कस्तुरी मृग लगायतका जनावर, दुर्लभ रोसकोइया जातको बनस्पति, लालिगुराँस, विभिन्न जातका चरा र वनस्पति यहाँको आकर्षण रहेका छन् ।

अन्नपूर्ण आधार शिविर पुग्नु भएका सन्तोष रिजालले खिच्नु भएको तस्वीरहरु