२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्ण आधार शिविर उत्कृष्ट गन्तव्य, पदयात्रीको चाप बढ्दै (फोटो फिचर)



अ+ अ-

तस्वीरहरु-सन्तोष रिजाल 

कोरोनाको कारण बन्द रहेको चर्चित पर्यटकीय गन्तव्य अन्नपूर्ण  आधार शिविर असोजको पहिलो साता देखी खुल्ला भएपछि यतिबेला आन्तरिक पर्यटकको रोजाई परेको छ । विश्वकै उत्कृष्ट १० गन्तब्य मध्ये को एक पदमार्ग अन्नपूर्ण  आधार शिविर क्षेत्र मौसमका कारण पनि यो समयमा धुम्नका लागि उपयुक्त समय हो ।  

म्याग्दी र कास्कीको सिमा क्षेत्रमा रहेको  अन्नपूर्ण आधार शिविर विश्वको दशौँ र नेपालको नवौँ अग्लो हिमाल जाने पदयात्रीहरुका कारण यो क्षेत्रमा निकै चहल पलह बढेको छ ।  अन्तपूर्ण हिमालको पहिलो पटक फ्रान्सका मौरिस यर्सोगले सन् १९५० को जुन ३मा आरोहण गरेका थिए ।  जुन बिश्वको सर्बोच्च शिखर सगरमाथा को आरोहण भन्दा तीन बर्ष अघी नै आरोहण भएका कारण यस हिमाललाई जेठो हिमाल पनि भनिन्छ ।

अन्नपूर्ण आधार शिविर  फराकिलो भूगोलमा भएकाले हिमपहिरो र अन्य दुर्घटनाको जोखिम कम  भएका कारण पनि स्वदेशी र बिदेशी पदयात्रीहरुको रोजाईमा पर्ने गरेको छ । पदयात्रा मार्गमा रहेको पञ्च कुण्ड नारच्याङ तालले पनि पदयात्रीलाई लोभ्याउने गरेको छ ।

यसै गरी यो आधार शिविर बाट  निलगिरि नर्थ, निलगिरी मिड, अन्नपूर्ण फ्रेन्क, तिलोचो पिक लगायतका हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ।  समुद्री सतहदेखि चार हजार पाँच सय मिटरको उचाईमा रहेको आधार शिविर रहेको छ ।

आधार शिविर क्षेत्रमा हिउँचितुवा,नाउर, झारल, मृग,कस्तुरी मृग लगायतका जनावर, दुर्लभ रोसकोइया जातको बनस्पति, लालिगुराँस, विभिन्न जातका चरा र वनस्पति यहाँको आकर्षण रहेका छन् ।

अन्नपूर्ण आधार शिविर पुग्नु भएका सन्तोष रिजालले खिच्नु भएको तस्वीरहरु