९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश–२ : लोक सेवालाई गालीगलौज गर्ने एक आवेदक कालोसूचीमा परे



अ+ अ-

धनुषा । लोक सेवा आयोगलाई गालीगलौज गर्ने आवेदक कालोसूचीमा परेका छन् ।  प्रदेश–२ को लोक सेवा आयोगले उनलाई कालोसूचीमा राखेको हो । 

महोत्तरी बथनाहाका प्रनित कुमार झालाई एक वर्षका लागि कालोसूचीमा राखेको आयोगले जनाएको छ । 

आयोगका अनुसार झाले इमेलमार्फत सोधपुछ गर्ने क्रममा गाली गलौजयुक्त शब्द प्रयोग गरेका थिए । असोज ६ मा बसेको आयोगको बैठकले झालाई एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको आयोगले जनाएको छ । 

यस अबधिमा झा आयोगका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।