१५ असार २०८३, सोमबार
,
Latest
पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका सांसदको हत्यामा आतंककारीको हात रहेको आशंका



अ+ अ-

एजेन्सी । बेलायतका एकजना सांसदको हत्यामा आतंककारीको हात रहेको अनुमान गरिएको छ । प्राप्त समाचारअनुसार उनको हत्यामा आतंककारीको हात रहेको खुलेको हो । 

सांसद डेभिड अमेशको शुक्रबार हत्या भएको थियो । एक अज्ञात व्यक्तिले छुरा प्रहार गरेर उनको हत्याको गरेको थियो । 

उनको हत्याको आरोपमा एक अजनालाई पक्राउ गरेको छ । प्रहरीले उनले नै हत्या गरेको अनुमान गरेको बताइएको छ । तर ती व्यक्तिको परिचय भने खोलिएको छैन । यहाँको प्रहरीले उक्त हत्यामा आतंककारी समुदायका व्यक्तिको हात रहेको जनाएको हो । 

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ तर पनि अरु कुनै व्यक्तिलाई पक्राउ भने गरेको छैन । आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका बेला ती सांसदको हत्या भएको थियो ।