१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका सांसदको हत्यामा आतंककारीको हात रहेको आशंका



अ+ अ-

एजेन्सी । बेलायतका एकजना सांसदको हत्यामा आतंककारीको हात रहेको अनुमान गरिएको छ । प्राप्त समाचारअनुसार उनको हत्यामा आतंककारीको हात रहेको खुलेको हो । 

सांसद डेभिड अमेशको शुक्रबार हत्या भएको थियो । एक अज्ञात व्यक्तिले छुरा प्रहार गरेर उनको हत्याको गरेको थियो । 

उनको हत्याको आरोपमा एक अजनालाई पक्राउ गरेको छ । प्रहरीले उनले नै हत्या गरेको अनुमान गरेको बताइएको छ । तर ती व्यक्तिको परिचय भने खोलिएको छैन । यहाँको प्रहरीले उक्त हत्यामा आतंककारी समुदायका व्यक्तिको हात रहेको जनाएको हो । 

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ तर पनि अरु कुनै व्यक्तिलाई पक्राउ भने गरेको छैन । आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका बेला ती सांसदको हत्या भएको थियो ।