६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा सञ्चारमैत्री कानून ल्याइने– मन्त्री थापा



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानून सञ्चार क्षेत्रमैत्री हुने बताउनुभएको छ ।नेपाल प्रेस युनियन कास्की शाखाद्वारा आज आयोजित उत्कृष्ट सदस्य अवार्ड वितरण एवं सम्मान कार्यक्रममा उहाँले सम्बद्ध पक्षसँग छलफल एवं अन्तक्र्रियामार्फत कानूनलाई अन्तिमरुप प्रदान गरिने छ भन्नुभयो ।
    
समाजका सत्य तथ्य घटनालाई बाहिर ल्याउने पत्रकारिता क्षेत्र आफैँमा मर्यादित तथा विश्वसनीय हुनुपर्नेमा जोड दिँदै मन्त्री थापाले यस संस्थाले सञ्चालन गरिरहेको आधारभूत पत्रकारिता तालिमले दक्ष जनशक्ति बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    
उहाँले विजय नेपालीलाई उत्कृष्ट सदस्य अवार्ड प्रदान गर्नाका साथै गण्डकी प्रदेश प्रमुखका प्रेस संयोजक माधव रेग्मीलाई सम्मान गर्नुभएको थियो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशालाई जिम्मेवार र व्यावसायिक बनाउन सकेमा मात्र आम सर्वसाधारणको विश्वास यस क्षेत्रले जित्नसक्ने बताउनुभयो । नेपाली कांग्रेस कास्की शाखाका कोषाध्यक्ष माइकल कर्माचार्यले समाचार सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।