काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।
सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबान गएको छ ।
आज (मंगलबार) प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरी सो निर्देशन दिनुभएको हो ।











